दाङमा बस र अटो एक आपसमा ठोक्किदा दुई घाइते
घोराही, बैशाख | दाङमा बस र अटो एक आपसमा ठोक्किदा दुई घाइते भएका छन् । देउखुरीको राप्ती गाउँपालिका– १ भालुवाङ नयाँ बसपार्कमा यात्रुवाहक बस र अटो रिक्सा एक आपसमा ठोकिदा २ जना घाइते भएका हुन् ।
प्युठानबाट घोराही आउदै गरेको ना ६ ख १८१६ नम्बरको यात्रुवाहक बस र रा १ ह २३२१ नम्बरको अटो रिक्सा एक आपसमा ठोकिदा अटो रिक्सामा सवार अर्घाखाँची सितगंगा नगरपालिका–८ लापे निवासी १२ वर्षिय बालक विश्वास गिरी गम्भीर घाइते हुनुभएको छ ।
घाइते बालकलाई उपचारका लागि बुटवल पठाइएको छ भने अटो चालक राप्ती गाउँपालिका १ पाखापानीका ४३ वर्षिय पदम सुवेदी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments

Leave a comment