दाङको समृद्धिका लागि बृहत् गुरुयोजना तयार गनुपर्ने : सभामुख महरा
जिल्लाका सबै स्थानको समानुपातिक विकासका गुरुयोजना अत्यावश्यक रहेको उनको भनाइ थियो । दाङ ५ नं प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको बताउँदै सभामुख महराले यहाँका सम्भावनालाई उचित व्यवस्थापन गर्न सके दाङ समृद्ध हुन सक्ने धारणा व्यक्त गरे ।
जिल्ला समन्वय समिति दाङले आज दाङको घोराहीमा आयोजना गरेको दाङको समृद्धिका लागि दूरदर्शी योजना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ५ नं प्रदेशको लुम्बिनीदेखि दाङ हुँदै रारासम्म जोड्ने योजना बनाई दाङलाई पश्चिम नेपालको पर्यटन ‘हव’का रुपमा विकास गर्न सकिने समेत बताए ।
सभामुख कृष्णबहादुर महराले संघीय, प्रदेश र स्थानीय सरकार कानूनको अभावका काम गर्न अन्योल रहेको बताए । उनले कुन सरकारले के काम गर्ने भन्ने विषयमा नै स्पष्टता नभएकाले धेरै कानून बनाउन आवश्यक रहेको छ भने ।
कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशलाई समृद्ध बनाउनका लागि प्रदेश सरकारले योजना बनाउन थालेको बताए । विकासलाई सही दिशामा लैजान र व्यावहारिक योजना निर्माणका लागि केही दिनअघि मात्र प्रदेशबाट स्थिति पत्र जारी गरिएको बताउँदै उहाँले त्यसैका आधारमा वैज्ञानिक ढङ्गले दाङको विकास गरिने बताए।
कार्यक्रममा सहभागी प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सांसदहरु एवं स्थानीय तहका प्रमुखले जिल्लाको समृद्धिका लागि आवश्यक कार्यका बारेमा भनाइ राखेका थिए ।
जिल्लाको समग्र विकास र समृद्धिका लागि जिल्ला समन्वय समिति दाङले ‘दाङको समृद्धिका लागि दूरदर्शी योजना’ जिल्लाका जनप्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रममा सहभागीले समग्र जिल्लाको विकास र समृद्धिका लागि जनप्रतिनिधि गम्भीर भएर लाग्न अनुरोध गरेका थिए ।


Leave a comment