ताजा अपडेट

सभामुख महरा र मुख्यमन्त्री पोख्रेल दाङमा

          |   121 Views   |   Published Date : 17th April 2018 |

shankar-pokhrel-and-krishana-bahadur-mahara-1-660x330

दाङ, बैशाख ४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङ आइपुग्नुभएको छ ।

जिल्ला समन्यवय समितिको आयोजनामा आज हुन लागेको जिल्लाको समृद्धिका लागि दुरदर्शी योजनाका बारेमा छलफल कार्यक्रममा सहभागी हुन उहाँहरु दाङ आइपुग्नुभएको हो ।

आज बिहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्म हुने अन्तक्र्रिया कार्यक्रमका लागि सभामुख महरा र मुख्यमन्त्री पोख्रेलसँगै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यहरु पनि जिल्ला आइपुग्नुभएको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

समितिका अनुसार कार्यक्रममा स्थानीय तहका प्रमुखहरुको पनि सहभागीता रहने छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१