ताजा अपडेट

रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही

          |   76 Views   |   Published Date : 17th April 2018 |

1523937082rukum

रुकुम, बैशाख ४ । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा पनि समेत औषधिको अभाव भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि बिरामीहरु निजी स्वास्थ्य संस्थाबाट महंगोमा औषधि खरिद गर्न बाध्य भएका छन् ।

सरकारले ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि स्थानीय तहले औषधि खरिदमा लापरबाही गरेकाले अभाव भएको स्थानीयको भनाइ छ ।

क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा अभाव भएको हो । जिल्ला स्वास्थ्य कार्यालयमा कुनै पनि प्रकारका औषधि नपाइएको बिरामीले गुनासो गरेका छन् ।

तर अस्पताल विकास समितिले भने स्थानीय तहको निर्वाचनपछि स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा खरिदमा समस्या भएको जनाएको छ ।

रुकुम पश्चिममा एक जिल्ला अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१