ताजा अपडेट

नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रिज र दंगाली गोर्खाज विजयी

          |   150 Views   |   Published Date : 17th April 2018 |

Cricket_vS4hYtmfQu.jpg.1000x606_q70_crop-,0

नेपालगन्ज– आर्शिवाद पेन्ट्स नेपालगन्ज कप क्रिकेट प्रतियोगितामा लुम्बिनी यात्रिज र दंगाली गोर्खाज विजयी भएका छन।

 मंगलबारको पहिलव खेलमा लुम्बिनी यात्रिजले बाँके ब्लास्टरलाई ६ विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरको बाँकेले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३८ रन जोड्यो।

बाँकेका लगि कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदीप नेपाली र अख्तर हुसैनले १३–१३ रन जोडे। छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाङले भने आर्कमक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए। उनले ८ वटा छक्का र १ चौका प्रहार गरेका थिए। एबरोल बलिङतर्फ लुम्बिनीका सुनिल सुनार,बासिर एहमद र निजामुद्दिन हल्वाईले २–२ विकेट लिन सफल भए।

१ सय ३९ रनको विजय लुम्बिनीले ४ विकेटको क्षतिमा ७ बल बाँकी छदा पार गर्यो।  लुम्बिनीका लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन जोडे। बाँकेका गोपाल सिंहले २ विकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका लुम्बिनीका विशाल खत्री म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा एन आई सि एसिया दंगाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ  गरेको रोल्पाका लागि भने राम्रो सुरुवात रहेन। रोल्पा १८.५ ओभरमा ९५ रन अलआउट भयो। उसका लागि कप्तान सौरभ खनालले ३८ बल खेल्दै ३६ रन बनाए भने उपकप्तान तथा विकेट किपर सम्मसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए।

अन्य ७ ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। बलिङमा दंगालीको सागर ढकालले ४ विकेट तथा बिष्णु कटारियाले ३ विकेट लिए ।

९६ रनको लक्ष्य दंगालीले १४ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। ओपनर सन्दीप सुनारले १९ बलमा ३६ रन बनाए भने उपकप्तान विनायक गिरी र सुजन पुनले समान १६–१६ रन बनाए। दंगालीका सागर ढकाल म्यान अफ द म्याच घोषित भए।

सोमबारबाट सुरु भोली पहिलो खेल लुम्बिनी यात्रीज र दंगाली गोर्खाज तथा दोस्रो खेल रोल्पा गोरिल्लाज र बर्दिया टाईर्गसबीच हुनेछ। प्रतियोगिताको विजेताले एक लाख दस हजार तथा उप विजेताले साठी हजार रुपैयाँ पाउने छन्।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१