ताजा अपडेट

अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह

          |   107 Views   |   Published Date : 17th April 2018 |

 c3a7329f-07fb-3671-9acf-0d601ff3f6fd_1523502272

काठमाडौं, वैशाख|  महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह आएका छन् ।

वैशाख २ गते मन्त्रीस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरुवा गर्ने निर्णय गरेको हो। सिंह हाल बागमती अंचल प्रहरी कार्यालय बनेपामा कार्यरत थिए।

अपराध महाशाखाका एसएसपी दिवेश लोहनी साढे ३३ किलो सुन काण्डमा विवादित भएपछि उनलाई हेडक्वाटर तानिएको छ । लोहनीकै ठाँउमा सिंहलाई खटाईको हो ।

पर्सा, दाङ लगायतका क्षेत्रमा बसेर सिंहले काम गरिसकेका छन् । पर्सामा रहदाँ सहायक सिडिओ बल बहादुर मल्ललाई गोली हान्ने सुटर रितेश तिवारीलाई उनले पक्राउ गरेका थिए।

दाङमा ब्यापारी राजकुमार श्रेष्ठको हत्यारा पनि उनले पत्ता लगाएका थिए। सिंह संगठित अपराधका जानकार पनि हुन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१