ताजा अपडेट

दाङमा भएको छुटाछुटै दुर्घटनामा परी ४ जनाको मृत्यु

          |   185 Views   |   Published Date : 15th April 2018 |

aba

दाङ, बैशाख । दाङमा  भएको छुटाछुटै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । घोराहीको बसपार्क नजिकमा भएको भएको दुर्घटनामा घोराही–१३ बडहराका २६ बर्षिया प्रेम रोकाको ज्यान गएको छ ।

बसपार्कबाट बजार तर्फ आइरहेको लु २ त ९३१२ नम्बरको ट्याक्टरले बसपार्क तर्फ गइरहेको रा २ प ४४९२ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कटीमा सवार रोकाको ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट गम्भिर घाइते रोकालाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल लैजादैँ गर्दा बाटोमा निधन भएको हो ।

त्यस्तै पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाँउपालिका–४ मा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । लमहीबाट भालुबाङ तर्फ जादै गरेको को २ च ४५१ नम्बरको बसको ठक्करबाट राप्ती गाँउपालिका–२ का सुरेश नेपालीका ६ बर्षिया छोरा सुदनको मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै गढवा गाँउपालिका–७ मानखोलामा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कालाकाटेबाट लमही तर्फ आईरहेको लु ३ त ९३६६ नम्बरको ट्याक्टरको ठक्करबाट लमही–१ का २२ वर्षिया बुद्धीलाल सार्कीको ज्यान गएको हो । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै खोलामा डुबेर एक जनाको निधन भएको छ । राजपुर गाँउपालिका–६ को गन्दीखोलामा सोहि ठाउ निवासी विनोद भण्डारीकी ५ वर्षिया नैनी भण्डारीको निधन भएको हो । खोला नजिक खेल्न गएको बेला खोलामा डुबेर निधन भएको प्रहरीले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१