ताजा अपडेट

दाङमा नमस्ते राप्ती यातायात प्रा.लि. संचालनमा आउँने

          |   205 Views   |   Published Date : 15th April 2018 |

30706978_1612557522198828_2916897846185689088_n-1024x768

दाङ , बैशाख । यात्रुलाई गुणस्तरिय यातायात सुविधा दिने उदेश्यका साथ दाङमा नमस्ते राप्ती यातायात प्रा.लि. संचालनमा आउँने भएको छ । पत्रकारले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रा.लि का अध्यक्ष बामदेब खनालले यात्रुहरुलाई सरल सहज तथा गुणस्तरिय सेवा प्रदान गर्नका लागि आफुले ६ गते देखि सेवा संचालनमा ल्याउँन थालेको वताउँनुभयो । त्यसका लागि नयाँ ११ वटा डिलक्स गाडी ल्याँउने तयारी भएको वताउँनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै ८० लाख रुपैयाँ बरावरको थर्डपाटी बिमाको व्यवस्था समेत लागु गरेको वताउँनुभयो । पहिलो चरणमा दाङ–काठमाण्डौ,दाङ–सल्यान, रुकुम, घोराही, मुर्कुटी, दाङ बुटवल, दाङ,कृष्ण नगर दाङ नेपालगंज, र दाङ र भारतको नयाँ दिल्ली सम्मको रुटमा सेवा संचालन गर्ने बताउँनुभयो ।

कुनैपनि स्थानबाट आएका यात्रुहरुलाई गन्तव्यमा पु¥र्याउँन आफुहरु लाग्ने वताउँनुभयो । पत्रकार सम्मेलन प्रा.लि.का अध्यक्ष बामदेब खनालको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सुदन केसीले गर्नु भएको थियो ।

नयाँ खुलेको यातायात प्रालिको उपाध्यक्षमा सुदन केसि र महासचिवमा प्रविण पुन मगर रहनु भएको छ भने अन्य सदस्यहरुमा रहनु भएको छ । उक्त नयाँ खुलेको समितिमा अधिकांश राप्ति समितिका अनुभवि र लामो सयम विभिन्न जिम्मेवारी रहनु भएका यातायात ब्यवसायिहरु रहेका छन् ।
Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१