कसजू माथी सांघातिक आक्रमण
घोराही न्युरोड निवासी साजन भण्डारी लगायत नौ जनाको समुहले गए राती तुल्सीपुर चोकमा विश्वमान कसजूमाथी सामूहिक आक्रमण गरेका हुन । घाइते कसजू होटलबाट निस्किने क्रममा एक्कासी पछाडी देखि इट्टा प्रहार गरेको घाइतेको भनाई छ ।
इट्टा प्रहार लगतै नौ जनाको समुहले कसजू माथी जाइलागेको र आँखा ,मुख कोखा ढाड र खुट्टमा गम्भीर चोट लागेको घाइते कसजुले बताउनु भयो । राति १० बजे खाजा खाएर घर जान भनी निस्किदा कसजू माथि ९ जनाको टोलीले इट्टा प्रहार गरेको हुन । आक्रमणले बेहोश भई ढलेका कसजूलाई राप्ती उपक्षेत्रीय अस्पताल पुर्याइएको थियो घाइतेलाई थप उपचारका कोहलपुर मेडिकल कलेज रिफर गरीएको छ ।
टाउकोमा ६ वटा टाका लगाएको ,आँखा मुख सुन्निएको र अवस्था गम्भीर रहेको कोहलपुर मेडिकल कलेजले बताएको छ ।
दोषी अभियुक्त साजन भण्डारीलाई घटना लगतै जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ र थप अनुसन्धान अगाडी बढाउने जनाएको छ ।
Leave a comment