ताजा अपडेट

मुल्य, मान्यता, सिद्धान्त अनुसार सहकारी सस्ंथा चल्नुपर्छ – नेपाली

          |   44 Views   |   Published Date : 14th April 2018 |

jitendra man nepali

यमकला भुसाल तुलसीपुर, चैत| जिल्ला समन्वय समितीका सयोजंक जितेन्द्रमान नेपालीले कुनै पनि सहकारी संस्था सहकारी मुल्य, मान्यता, सिद्धान्त अनुसार चल्नुपर्ने बताएका छन । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी सस्थाँ लिको ११ औं र हाम्रो पहुँच सेकेन्डरी स्कुलको ५ औँ वार्षिक उत्सव कार्यक्रलाइ शुक्रबार तुलसीपुरमा सम्बाधोन गर्दे नेपालीले यस्तो बताएका हुन ।

उनले सिद्धान्तलाइ व्यवहारमा पुष्टि गर्दे जिवनलाइ पछ्याउनुपर्ने बताए । दाङ जिल्लालाइ समृद्ध बनाउन सहकारीको माध्यमबाट सहकार्य गर्न आवश्यक रहेको नेपालीले बताए ।

“मुलुकलाइ विदेशमा होइन स्वदेशमा रोजगार दिने वातावरण बनाउन जरुरी छ“ उनले भने ।

उनले लोकतन्त्र,गणतन्त्र स्थापना गर्नका लागी सबै एक भएर लाग्नुपर्ने बताए । आजको युग भनेको सहकार्य गरेर अघि बढ्ने हो, उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालीले लामो इतिहासपछि सहि किसीमको सरकार बनाउन सफल भएको समेत बताए ।

हाम्रो पहुँच सहकारी सस्ंथाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्यावसन दाङका अध्यक्ष यादव गिरी,तुलसीपुर नगर जेसीसका अध्यक्ष दिपेश भण्डारी,तुलसीपुर उद्योग वाणिज्य सघंका प्रतिनिधि पवित्रा केसी,राष्ट्रिय सहकारी बैकंका प्रमुख नारायण बेल्वासे,सहयोगी वचत तथा ऋण सहकारी सस्ंथाका अध्यक्ष कर्ण बहादुर वलि,जनसेवा बचत तथा ऋण सहकारी सस्ंथाका अध्यक्ष झग्गु प्रसाद भुसाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विभिन्न व्यक्तीहरुलाइ सम्मान गर्नुका साथै नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

सहकारी सस्ंथाका उपाध्यक्ष देवराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका व्यवस्थापक जनक भण्डारी र विद्यालयका प्रिन्सीपल डिआर भण्डारीले गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका प्रिन्सीपल डिआर भण्डारीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१