ताजा अपडेट

कब्वेब ब्यान्डको संगीतमा झुमे दंगालीहरु

          |   348 Views   |   Published Date : 14th April 2018 |

30223825_884686315049774_366900032_o

 दांग,वैशाख १ । नँया वर्षको पुर्व सन्ध्यमा भएको सांगीतिक कार्यक्रमले घोराही तताएको छ । घोराहीको बालमन्दिरको प्रांगणमा नया वर्षलाई स्वागत गर्दै सांगीतिक कार्यक्रमको आयोजना गरीएको थियो ।

उत्साहपुर्वक दर्शकहरुले नेपालको राष्ट्रिय कब्वेब ब्यान्डलाई भरपूर साथ दिएका थिए। बि.एस.ढुवानी सेवाका सञ्चालक तथा कार्यक्रमका विशेष सहयोगी बाबु पुनको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद राजु खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

रोल्पाली समाज सेवाले सांगीतिक तथा सञ्चारकर्मी,मान्यजनहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको गरेको थियो । साथै नया वर्षलाई स्वागत गर्दै रक ब्यान्ड कब्वेबले आफ्ना चर्चित ” नमस्ते नमस्ते , ” तिम्रो माया ,” हिड्छु सधै , मर्सिडिज बेन्ज… लगायतका गीतहरु प्रस्तुत गरेको थियो । कार्यक्रमलाई बि.एस.ढुवानी सेवाले प्रायोजीत गरेको थियो ।

 

रोल्पाली समाज सेवाको आयोजकमा भएको कार्यक्रममा सुदन नेपाल ,हरी श्रेष्ठ ,रवि रोकाको विशेष भुमिका रहेको थियो । कार्यक्रममा कब्वेब व्याण्डका साथै स्पन्दन व्याण्ड ,लोकगायिका नेहा घले,मिस एसिया २०१६,२०१७ का चर्चित मोडलहरूको बेजोड प्रस्तुति रहेको थियो । कार्यकमको सहजीकरण पत्रकार विष्णु प्रसाद देवकोटा र समीक्षा सिंहले गर्नु भएको थियो ।उक्त कार्यक्र्म अनाथ तथा अपाङ्ग बाल्बालिकाको सह्योगार्थ रहेको थियो |

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१