ताजा अपडेट

सविता नानीले एस.एल.सी मा फेल भएको कारणले यही कक्षा १० को कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन

          |   201 Views   |   Published Date : 14th April 2018 |

दीपक जी.एम.'' आर्जव '' कथा :- '' सविता ''

13669013_579983992186676_8880734168942180763_n

कहिले काहीं मनलाई सम्हाल्न सारै गारो हुदो रहेछ ।सोचे जस्तै देखेको कुराहरु सबै भ्रम नभएर साचो हुने भए शायद अधिकांश हरुको चाहना त्यसै खेर जाने थिएन होला ।


मुकुल एउटा मध्यम परिवारको सदस्य थियो ,घरको आर्थिक समस्याले गर्दा एस.एल.सी पास गरे पछि मुकुल काम गर्न थाल्छ ।बिहान घर घर गएर पत्रिका बाढ्ने काम गर्थ्यो भने दिउँस मोटरसाइकिल को ग्यारेजमा मेकानिकको तहले काम गर्न थाल्दछ ।यसरी काम गर्दै जादा घरमा अलिक सहज भएको थियो, मुकुलले पुरानो काम चलाउको लागी साइकिल पनि किनेको थियो ,बिहान देखि काममा खटिदै जीवन निर्वाहा गर्ने क्रममा सानै उमेरमा मुकुल सारै मिहिनेती र जेहेन्दार भएको थियो ।


एकदिन बिहान पत्रिका बाढ्दै जादा मुकुलको नजर साइकिलमा सवार एउटी सुन्दर युवती माथी पर्न जान्छ,जसले मुकुललाई उत्साहित बनाउँछ ।ऊ साइकिलको गति तीव्र बनाउँदै ती युवतीको नजिकै पुग्छ अनि एकोहोरो युवती तिर हेर्न थाल्छ की अचानक बिजुलीको पोलमा ठोकिन पुग्छ र लड्छ ।ती युवती साइकिल रोक्दै मुकुललाई उठाउन थाल्छिन ”धेरै नै चोट लाग्यो की तिमीलाई..जवाफमा मुकुल बोल्छ ” छैन हल्का मात्र खासै त्यस्तो केही पनि भएको छैन ” उनी सँग ब्यागमा रहेको हेन्डिप्लास्ट निकाल्दै मुकुललाई दिन्छिन” ल लेउ यो लगाऊँ चाडै नै निको हुन्छ। तर मुकुल मक्ख हुदै लागेको चोट बिर्सिएर ती युवती तिर हेर्न थाल्छ। हास्दै ती युवती आफू सँग रहेको हेन्डिप्लास्ट मुकुलको खुट्टामा जहा चोट लागेको थियो,त्यस ठाउँमा लगाइदिन्छिन ।” कस्तो आँखा हो तिम्रो अनि ध्यान कता तिर थियो र अगाडि रहेको बिजुलीको पोल पनि देखेनौ…!

a

जवाफमा ” खोइ थाहा नै भएन कसरी म लड्न पुगे तर सहयोगको लागी चाही तिमीलाई धन्यबाद ।दुबै जना एक अर्का सँग परिचय गर्छन अनि गफ गर्दै अगाडी बढ्छन ,छुट्टिने ठाउँ आइपुगे पछि एकर्कालाई मन्द मुस्कान दिदै आ-आफ्नो बाटो तताउँछन ।बाटोभरी मनमनै गुनगुनाउँदै ”आहा कति राम्रो नाम ‘सविता”भनी मक्ख पर्दै घर तिर लाग्छ अनि खाना खाएर पुन: ग्यारेज पुग्छ । दिनभरि काम गर्ने क्रममा सवितालाई सम्झिदै विभिन्न सपनाहरु बुन्न थाल्छ, बेलका घर पुगे पछि भोली बिहान सविता सँग भेट्ने उत्सुकता बोकी छिटो छिटो निदाउने प्रयास गर्छ।
भोलिपल्ट बिहानै पत्रिका बाढ्दै अघिल्लो दिन भेटेको ठाउँमा पुग्छ जहा उनको अग्रिम उपस्थिति रहेको हुन्छ ।हतार हतार सबिताको छेउमा पुग्छ अनि बात मार्न थाल्छन ।यसरी दिनहूं उनीहरू भेट्न थाल्छन र एकअर्का प्रति आकर्षित हुन पुग्छन ,मुकुल त झन सवितालाई एकदमै मन पराउन थाल्छ ।
एकदिन मुकुल सवितालाई सधै भेट्ने ठाउँमा पुग्छ तर उनलाई पैदल हिडेको देखेर अचम्म पर्छ । नजिकै पुगेर सवितालाई पैदल किन हिडेको भनी प्रश्न गर्छ जवाफमा साइकिल बिग्रेको हुदा पैदल हिडेको बताउँछिन । मुकुल साइकिल लाई सविता तिर तेर्साउँदै ” ल लेउ मेरो यो साइकिल लिएर जाउँ,म अर्को किनीहाल्छु नी..तर नाई नास्ती जनाउँदै सविता बोल्छिन ” नाई भयो पर्दैन म हिडेर नै जान्छु ” सबिताको कुरा सुनेर मुकुल दुखी हुन पुग्छ ।

मुकुलको निन्याउरो अनुहार देखेर सविताले नमज्जा मान्छिन अनि ” किन उदास भएको,के भयो तिमीलाई ,ल हुन्छ बाबा म तिम्रो साइकिल लिएर जान्छु तर पहिले तिम्रो घर जाउँ अनि त्यहा बाट म साइकिल लिएर फर्किन्छु नी हुदैन र..! उदास मुहारमा एकाएक चमक ल्याउँदै मुकुलले हत्त न पत्त ” हुन्छ भनी जवाफ दिन्छ ।

सविता कत्ति पनि ढिला नगरी साइकिल को अगाडी डन्डीमा आई बस्छिन अनि खुसी हुदै मुकुल साइकिलको घण्टी बजाउँदै मिठा-मिठा बात मार्दै अगाडी बढ्छ ।बाटो भरी रमाइला रमाइला गफ गर्दै मुकुल सवितालाई जिस्क्याउन थाल्छ,गफ गर्दै अगाडी बढ्ने क्रममा सविताले नजिकैमा रहेको सनराइज स्कूलको कक्षा १० पढ्ने बताउँछिन र घर पनि स्कूलको छेउमा रहेको जनाउँछिन ।मुकुल सारै खुसी थियो,जीवनमा यस्तो मोड आउला भनी उसले कल्पना पनि गरेको थिएन ।

मनको ढुकढुकी लाई सम्हाल्न पनि सकिरहेको थिएन ,आज प्रत्यक्ष आफूले मन पराएको र माया गर्ने मान्छे साइकलमा सवार थियो । केही समय पश्चात उनीहरू घर पुग्छन अनि एउटा मिठो चुम्बन दिदै सविता साइकल लिएर फर्किन्छिन ।मुकुल मक्ख पर्छ अनी उनी गएको हेरिरहन्छ ,क्षणभर मै सविता अलप हुन्छिन ।मन्द मुस्कानमा मुकुल घर भित्र छिर्छ अनि खाना खाएर काम तिर लाग्छ ।
अर्को दिन बिहान मुकुल हिड़दै त्यही ठाउँमा पुग्छ तर सवितालाई नदेखे पछि ” कतै आज म त ढिला भएन भनी घड़ी हेर्न थाल्छ तर समय भन्दा छिटो आएको हुदा ऊ सवितालाई कुर्न थाल्छ।समयको रफ्तार सँगै ९ बज्न पुग्छ तर उनको कुनै अत्तोपत्तो नभए पछि मुकुलको मनमा विभिन्न प्रश्नहरु आउन थाल्छन।
” कतै उनलाई केही त भएन,की बिरामी पो परिन की..” उदास हुदै मुकुल घर फर्किन्छ अनि घर पुगे पछि मन नलागी नलागी खाना खान थाल्छ तर खाना नरुचे पछि काम तिर पाइला चाल्छ तर ग्यारेजको काममा उसको मन लाग्दैन ।मनमा शँका उपशंका बोकी कत्ति पनि ढिला नगरी मुकुल सविताको स्कूल पुग्छ अनि गेटको प्वाल बाट भित्र चियाउन थाल्छ तर विध्यार्थीको भीडमा सबिताको भने कुनै भेउ पाउँदैन ।

गेटमा रहेका गार्ड सँग सबिताको बारेमा सोध्दा गार्डले आफूलाई थाहा नभएको बरु भित्र गएर ऑफीसमा सोध्ने सल्लाह दिन्छन ।मुकुल सिधै ऑफीस पुग्छ र सोधपुछ कक्षमा १० मा पढ्ने सविताको बारेमा सोध्न थाल्छ तर कक्षा १० मा सविता नाम गरेको कुनै पनि बिध्यार्थी नभएको जवाफ पाउँछ ।अचम्म मान्दै मुकुल प्रिन्सिपल सरको कोठामा पुग्छ अनि सबिताको बारेमा सोध्छ ।

” त्यस्तो नाम गरेको कोही नभएको जवाफ पाएपछि मुकुलले पुनः बिन्ती बिसाउँछ ।प्रिन्सिपल सर ले” आज भन्दा ५ बर्ष अगाडी एकजना सविता नाम गरेकी नानी यही पढ्ने गर्थिन,कतै बाबुले उनैको कुरा गरेको त होइन ” मुकुल आश्चर्यचकित हुन्छ ।प्रिन्सिपल सर ले पुराना फाइलहरु पल्टाउन थाल्नु हुन्छ अनि हेर्दै जादा ल बाबु यो फोटो हेर त कतै तिमीले कुरा गरेको नानी यिनै हुन की..!
मुकुल फोटो हेर्न साथ उत्साहित हुन पुग्छ अनि जिब्रो फटकारदै ” हो सर यिनै हुन …। प्रिन्सिपल सर निकै गहिरो सांस लिदै ” कहिले भेटेको हो र बाबु तिमीले..जवाफ मा तीन महिना देखि हामी सधै दिनकै भेट्थ्यौं तर आज एक्कासी उनी नआएपछि म कलेज आइपुगेको हुं सर” ।

मुकुलको कुरा सुनेर प्रिन्सिपल सर झसँग हुनु हुन्छ अनि जिब्रो लडबडाइरहेको अवस्थमै बोल्नु हुन्छ ” तिमीले भनेको कुरा हुनै सक्दैन बाबु किनकी आज भन्दा पांच बर्ष अगाडी सविता नानीले एस.एल.सी मा फेल भएको कारणले यही कक्षा १० को कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन र उनी सधै साइकिलमा चढेर आउने गर्थिन,उनलाई साइकिल सारै मन पर्थ्यो साथै आफ्नै बहिनी जस्तैं गरी साइकिललाई माया गर्ने गर्थिन र मलाई याद छ बाबु उनको साइकिल अहिले पनि उता स्टोर कोठामा छ,जाउँ हिडँ म तिमीलाई देखाउँछु ”।

प्रिन्सिपल सरको कुरा सुनेर मुकुल छांगा बाट खसे झै हुन्छ अनि अचम्म मान्दै प्रिन्सिपल सरको पछि पछि लाग्छ । स्टोर रुमको ढोका खोल्दै प्रिन्सिपल सरले साइकिल तिर इशारा गर्दै ” यी यही हो बाबु सबिताको साइकिल ” अनि नजिकै उनको घर पनि छ तर त्यो घरमा कोही पनि बस्दैनन, छोरीले आत्महत्या गरे पछि उनका बुवा आमा यो ठाउँ नै छाडेर अन्तै जानु भयो ”।

मुकुलको होश हवास नै उडछ,उसका खुट्टा काम्न थाल्छन,मुटुको चाल पनि एकाएक बढ्न थाल्छ,प्रिन्सिपल सरले देखाएको साइकिल त्यही नै हुन्छ जून सविताले सधै आफू सँगै लिएर आउने गर्थिन । यो सब देखेर उसको दिमागले काम नै गर्न छाड्छ, ऊ केही नबोली स्कूल बाट बाहिर गेटमा आइपुग्छ अनि हिजो आफ्नो साइकिल सवितालाई दिएको याद आउँछ अनि मनमनै ” कहा गयो त मेरो साइकिल जून मैले उनलाई हिजो दिएको थिए” ।

चारैतिर नजर दौडाउँन थाल्छ अनि भर्याङको एउटा कुना तिर उसले केही टल्केको देख्छ,ढिला नगरी त्यस ठाउँमा पुग्छ अनि त्यसपछि उसको आश्चर्यको कुनै सीमा नै रहँदैन किनकी त्यो टल्केको वस्तु अरु केही नभएर उसैको साइकिलको ऐना हुन्छ । दिमागमा भुमरी नाच्न थाल्छ,साइकिलको बेवास्ता गर्दै ऊ घर तिर दौडिन्छ । ओछ्यानमा पल्टिदै बितेका कुराहरु सम्झिन थाल्छ र आज प्रिन्सिपल सर ले भनेका कुराहरु लाई कल्पिन थाल्छ जसले उसको डरको कुनै सीमा रहँदैन ।
रातको 2 बजेको थियो,साइकिलको घन्टीको आवाजले एकाएक मुकुलको निद्रा भँग हुन्छ ,को रहेछ भनी झ्याल बाट बाहिर चियाउन लाग्दा सवितालाई साइकिल चलाएको देख्छ । घर अगाडी रहेको बिजुली पोलको उज्यालोमा मुकुलले सवितालाई प्रष्टै देखिरहेको हुन्छ ।
मुकुल तिर हेर्दै सविता हात हल्लाउँदै बोल्छिन ”ल लेउ मुकुल तिम्रो साइकिल ल्याइदिएको छु ”

मुकुल त्यो सब देखेर अनि सविताले बोलेको सुनि एकाएक बेहोस भई लड्छ ।
अर्कोदिन बिहान ७ बजे मात्र उसको आँखा खुल्छ अनि कोठा बाहिर गई चारैतिर नजर दौडाउन थाल्छ तर त्यहा न त सविता नै थिइन, न त साइकिल नै…..

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१