ताजा अपडेट

सुचनाको हक स्थापित नहुदा सम्म लोकतन्त्र बलियो हुन नसक्ने :सुचना आयुक्त तिम्सिना

          |   91 Views   |   Published Date : 13th April 2018 |

30118686_882562168595522_2086236050_n-660x330

दाङ, चैत्र  । सुचना आयुक्त यशोदा तिम्सिनाले सुचनाको हक स्थापित नहुदा सम्म लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको सुचनाको हक सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले लोकतन्त्रलाई बलियो बनाउनको लागि पहिले सुचनाको अधिकारलाई बलियो बनाउनु पर्ने बताउनुुभयो ।

‘देशको पर्नसंरचना निर्माण भएको छ । विभिन्न चरणका निर्वाचनहरु समेत भैसकेका छन् । स्थानिय तहहरुमा जनप्रतिनिधीहरुले काम समेत सुरु गर्न थालिसकेका छन ।’ उहाले भन्नुभयो, ‘अहिलेको व्यवस्थालाई बलियो बनाउनका लागि स्थानिय तह देखि नै सुचनाको हकलाई स्थापित गर्नुपर्छ ।

’ आयुक्त तिम्सिनाले अहिले सात वटै प्रदेशमा सुचनाको हक स्थापित गर्ने तथा कार्यान्वयन गर्ने विषयमा राम्रो प्रगती हुन नसकेको बताउनुभयो । लोकतन्त्र बलियो हुनका लागि पारदर्शीता, जवाफदेहिता, विधिको शासन हुनुपर्ने भन्दै देशको समृद्धि, शान्ति र सुशासनका लागि सुचनाको अधिकारलाई स्थापित गराउनुपर्ने उहाको भनाई थियो ।

उहाले सुचना भनेको दिने भन्दा पनि लुकाउने कुरा हो भन्ने मानसिकता नै समस्या भएको बताउनुभयो । अहिले पत्रकारहरु नै सुचनाको हकबारे अनविज्ञ रहेको उहाको भनाई थियो । कार्यक्रममा बोल्ने पत्रकारहरुले कार्यालयहरुबाट सहज रुपमा सुचना प्राप्त गर्न गाह्रो रहेको बताएका थिए । आम नागरिकहरुले समेत सुचना लिनु पर्छ भन्ने मान्यता नभएको उनिहरुको भनाई थियो । कार्यक्रममा पत्रकार सुदर्शन रिजाल, नारायणी रजौरे, केवि मसाल, केपि घिमिरे, सुदिप गौतम लगाएतले आफ्नो अनुभवहरु सुनाउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अमरराज आचार्य लगाएतले पहिले भन्दा सुचनाको अधिकार स्थापित भएको बताउनुभयो । अहिले पनि केहि कर्मचारीहरु प्रविधिमैत्री नभएको भन्दै उहाहरुले कर्मचारीहरुको कार्यशैली परिवर्तन हुन समय लाग्ने बताउनुभयो ।

महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा सुचना आयुक्त यशोदा तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिब भुपेन्द्र वलीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१