ताजा अपडेट

शान्ता चौधरीलाई घोराहीमा स्वागत तथा सम्मान

          |   67 Views   |   Published Date : 13th April 2018 |

urmila-660x330

दाङ, चैत्र  । पुर्वकमलरीहरुले प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले संसदीय दलको सचेतक शान्ता चौधरीलाई घोराहीमा स्वागत तथा सम्मान गरेका छन । पुर्वकमलरीहरुको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा र एमालेका संसदीय दलको सचेतकको रुपमा शान्ता चौधरी मनोनित हुनु सम्पुर्ण पुर्वकमलरीहरुको लागि खुशीको विषय भएको मुक्त कमलरीहरुले बताए ।

लामो समय देखि अधिकारका लागि लडाई लड्दै आएका मुक्त कमलरीहरुले आफ्नो पीडा र दुख बुझेको मान्छे नै त्यहा सम्म पुग्नुले अधिकारको सम्बोधन भएजस्तो महसुस गरेको मुक्त कमलरीहरुले बताए । मुक्त कमलरी विकास मञ्चकी सस्थापक अध्यक्ष मन्जीता चौधरीले कमलरी जीवन विताएर आन्दोलन मार्फत नेतृत्वमा पुग्नुसबैको खुशीको कुरा भएको बताउनुभयो ।

विभिन्न मागहरु समेटिएको १४ बुँदे ज्ञापन पत्र समे बुझाँउदै आफ्नो पीडा बुझ्ने मानिस नेतृत्वमा नहुँदा अधिकार प्राप्त गर्न निक्कै समस्या भएको उहाको भनाई थियो । मुक्त कमलरी विकास मञ्चकी केन्द्रिय सदस्य निरु चौधरीले पनि एउटा ब्यक्ति अधिकार सम्बोधन गर्ने ठाउँमा पुग्नु अधिकार स्थापित हुन्छन् भन्नेमा आफुहरु ढुक्क रहेको बताउनुभयो ।

नयाँ वर्षको अबसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा स्वागत सम्मान कार्यक्रममा पुर्वकमलरी तथा प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले संसदीय दलको सचेतक शान्ता चौधरीले सरकारले निर्माण गर्न थालेको नीति तथा कार्यक्रमहरुमा मुक्त कमलरीहरुको अधिकार तथा मागहरुलाई समेट्ने बताउनुभयो । मुक्त कमलरीहरुको विषय आफुलाई सम्पुर्ण जानकारी भएकाले आफुले सके सम्मको पहल गर्ने चौधरीले बताउनुभयो ।

कार्यक्रममा मुक्त कमलरी विकास मञ्चका सल्लाहकार तथा पत्रकार दुर्गालाल केसी, पत्रकार महासंघ दाङका सदस्य नवीन अभिलाषी लगाएतले बोल्दै नयाँ वर्षको शुभकामनाको साथै प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले संसदीय दलको सचेतक शान्ता चौधरीलाई बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१