शान्ति सुधा बोर्डिङंको उत्साहजनक नँया वर्ष
दांग ,चैत २९ । शान्ति सुधा बोर्डिङंले आउँदो नँया वर्ष उत्साहजनक मनाउने भएको छ ।
२०५० सालमा स्थापना भएको स्कूलले आउँदै गरेको पुष २७ गते आफ्नो २५ वर्ष पूरा गर्ने भएकोले नँया वर्ष २०७५ को आगमन सँगसंगै विभिन्न कार्यक्रमहरु गरी मनाउने भएको छ ।
स्कूलले बिहीवार पत्रकार सम्मेलन गरी आफ्नो रजत जयन्तीलाई मध्य नजरगरी विविध कार्यक्रमको आयोजना गरेको स्कूलका प्रधनाध्यापक विनय कुमार मिश्रले बताउनु भयो । साथै वैशाख १ गते बिहान शुभकामना आदान-प्रदान तथा बेलका दीप प्रज्वलनको कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।
त्यसैगरी कर्यक्रममा स्कूलका प्रधानाध्यपक विनय कुमार मिश्रले रजत जयन्तीलाई लक्षित गरी गर्न लागेको कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने नेपाल पत्रकार महासँघका अध्यक्ष सविन प्रियासनले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
Facebook Comments


Leave a comment