शहिद तथा बेपत्ता परिवारको राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न

जानकी दहित दाङ, चैत  । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले बाँकी जीवन देश र जनताका लागि एक पटक अर्पण गरेको बताउनुभएको छ । शहिद तथा बेपत्ता परिवार समाजको राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा सम्बोधन गर्दै उहाँले अधुरो क्रान्ति पूरा गर्न जनयुद्धपछि अतिरिक्त बचेको ज्यान अब एकिकृत जनक्रान्तिमा अर्पण गरिसकेकाले शहिदहरुको सपना साकार पारी छाड्ने अठोट व्यक्त गर्नुभयो । शहिद तथा बेपत्ता योद्धा परिवारहरुलाई नआत्तिन आग्रह गर्दै क्रान्ति अन्तिम अन्तिमतिर आइसकेको छ उहाँले भन्नुभयो–“तपाईहरु साथ र उर्जा हामीलाई दिनुहोस्,प्रचण्ड बाबुराम जस्तो धोका, गद्धारी गर्ने छैनौं बरु हामी लड्छौं मर्न तयार छौं, जितेरै छाड्नेछौं ।” क्रान्ति सम्पन्न नहुँदै प्रचण्ड बाुरामहरुले हिजोकै व्यवस्थामा गएर शहिदहरुको सपना पूरा गर्ने पार्टीलाई दमन गरिरहेको भन्दै शहिदहरुको सपना क्रान्ति सम्पन्न गरि जनवादी व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने र जनतालाई स्वाधिन, खुशी, सुखी र समृद्ध बनाउने रहेकाले त्यो उदेश्य प्राप्त गर्न सम्पूर्ण शहिद तथा बेपत्ता परिवारहरुलाई गोलबन्ध हुन अपिल गर्नुभयो । पुजीवादी तथा विदेशीहरुको चाकडी गर्दै कम्युनिष्टको खोल ओढेर कम्युनिष्टहरुको जरा काट्न आइरहेकाले एमाले माओवादी केन्द्रलाई सामाजिक दलाल पुजीवादीको संज्ञा दिनुभयो । नेपाली जनतालाई झुक्याउन कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई सिद्धाउन नयाँ दलाल प्रयोग भएका छन्, जनतालाई छल्न शान्तिको नाममा अशान्ति मच्याउन र विकासका नाममा विनाश गर्न विभिन्न चालबाजी हुँदैछ सचेत हुनुहोस् उहाँले भन्नुभयो … Continue reading शहिद तथा बेपत्ता परिवारको राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न