प्रतिनिधी सदस्य विष्णु पौडेलद्धारा कार्यकर्ता भेटघाट
दाङ, चैत्र । प्रतिनिधी सभा सदस्य विष्णु पौडेलले कार्यकर्ता भेटघाट गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट मनोनित भएपछि पहिलो पटक गृहजिल्ला दाङ आउनु भएकी पौडेलले घोराही उपमहानगरपालिका वडा नम्बर ५ र ७ का विभिन्न स्थानहरुमा पुगेर कार्यकर्ताहरु संग भेटघाट तथा अन्र्तक्रिया गर्नुभएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर ३ को बबई महिला सामुदायीक भवन गैरीगाउँ, वडा नम्बर ५ को वडा कार्यालय, भैसापत्रा, वडा नम्बर ७ को वडा कार्यालय, बेसाहीको स्थानमा पुगेर प्रतिनिधी सभा सदस्य पौडेलले जनताहरु संग अन्र्तक्रिया गर्नुभएको हो । उहाले अन्र्तक्रियाका क्रममा त्यहाको विकास र आबस्यकताको बारेमा छलफल गर्नुभएको थियो । छलफलमा त्यहाका स्थानियहरुले कुहिरेपानी देखि ढकना बखर्रे सम्मको बाटो कालोपत्रे गर्नुपर्ने बताएको थिए । बबई नदीमा पक्कली पुल नहुँदा बर्षेनी बाढिका कारण ज्यान जोखिममा पारेर हिड्नु पर्ने भन्दै उहाले नदी पारीका जनताहरुको लागि बबईमा पुलको आबस्यकता रहेको बताएका थिए । साथै उनिहरुले खानेपानीको समस्या समाधनका लागि डिप बोरिङ खन्नुपर्ने देखिएको जानकारी गराएका थिए । स्थानियहरु संग विकासको विषयमा छलफल गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले आफुले यहाको विकासका लागि सम्बन्धी निकायहरुमा भुमिका खेल्ने बताउनुभयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed