दुग्ध उत्पादनको विकास गरीने
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा नँया बर्षको अवसरमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोृधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत केसीले पश्चिम दाङलाई दुग्ध उत्पादन क्षेत्रको रुपमा विकास गरीने बताएका छन ।
देश संघियतामा गएपछि कानुन निर्माण भैरहेकोले निति निर्माण भए पश्चात आम जनताको जिवनस्तरमा सहज हुने उनले बताएका छन । कार्यक्रममा प्रदेश सभा सदस्य उत्तरकुमार ओलिले दाङको विकास लागि प्रतिबद्ध रहेको बताएका छन । उनले पश्चिम क्षेत्र विकासमा पछाडि परेको हुदा कानुन निर्माण गरेर जनताको अधिकार ग्यारेण्टी गरीने बताएका छन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरका कार्यबाहक नगर प्रमुख देवराज विश्वकर्मा,वडाअध्यक्ष लक्ष्मण भण्डारी लगायतले बोलेका थिए । तिलक हमालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खिम बहादुर भण्डारीले गर्नु भएको थियो ।


Leave a comment