कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई

देवमणि गौतम, दाङ, चैत  । लिटिल हेवन सेकेन्डरी ईङ्गलिस मिडियम स्कुलले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको छ । विद्यालयका प्राचार्य कमल सापकोटाको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालय जनता क्याम्पस बिजौरीका सह प्रध्यापक टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता नोभेक्स कलेजका क्यम्पस प्रमुख यमकान्त खरेलको विशिष्ट आतिथ्यतामा भएको बिदाई कार्यक्रममा बोल्ने वक्ताहरुले लिटिल हेवेन स्कुलले समाजमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रममा शिक्षक चिरञ्जीवी न्यौपाने, निमप्रसाद गिरीलगायतले मन्तब्य राख्नुभएको थियो । बिदाई कार्यक्रममा सन्तोष खड्का, अविनास सोनी, प्राप्ति वलीलगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट आउनेहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण यशोदा रसाइली र देवमणि गौतमले गर्नुभएको थियो । Facebook Comments