ताजा अपडेट

संस्कृतिक कार्यक्रमको तयारी पूरा , चर्चित गायक हेमन्त शर्मा दाङ आउदै

          |   87 Views   |   Published Date : 12th April 2018 |

pressmet1

तुलसीपुर २९ चैत । अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रमा विकासका लागि तुलसीपुरमा हुन लागेको साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । नयाँ बर्ष २०७५ को अबसरमा शुक्रबार तुलसीपुरमा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

साँझ ६ बजे देखि तुलसीपुरको द पार्क क्याफेमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । कार्यक्रम संयोजक अरुण लहरेको अध्यक्षता तथा रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले नयाँ बर्षलाई भब्य रुपमा मनाउनका लागि तुलसिपुरमा पबित्र उदेश्यका साथ आयोजना गरिएको सास्कृतिक कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्नेमा जोडदिनुभयो ।

उहाले सास्कृतिक कार्यक्रम सङगै सामाजिक कार्यमा समेत आयोजकले सहयोग गर्ने उदेश्य राखेकोमा प्रशसा समेत ब्यक्त गर्नुभएको थियो ।

नयाँ बर्षको अबशर पारी एलाईन नेपाल ईनिस्टिच्यूट तुलसीपुरले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमबाट संकलन भएको रकम मध्य ४० प्रतिसत अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रको बिकासमा खर्चने लहरेले बताए । उनका अनुसार अपाङ्गता भएका ब्यक्तिहरुले खेल्ने खेल पारा टेवल टेनिसका लागि संकल भएको रकम मध्य ४० प्रतिसत छुट्याउने बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रको बिकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई छ । कार्यक्रममा चर्चित गायक हेमन्त शर्मा, अंकित क्षेत्रि, रञ्जु सोनाम, एञ्जिला रेग्मी, औरा गुरुङ, द सल्यास ब्यान्ड, र सबिता भुषाललगायतका कलाकारहरुले प्रस्तुती राख्ने भएका छन् ।

कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिब सर्मिला डिसीलगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका सचिब सन्तोष केसीले गरेका थिए । कार्यक्रम प्रचारप्रसारको जिम्मा चलचित्र पत्रकार संघ दाङले लिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१