ताजा अपडेट

शहिद तथा बेपत्ता परिवारको राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न

          |   52 Views   |   Published Date : 12th April 2018 |

a1a जानकी दहित दाङ, चैत  । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले बाँकी जीवन देश र जनताका लागि एक पटक अर्पण गरेको बताउनुभएको छ ।

शहिद तथा बेपत्ता परिवार समाजको राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा सम्बोधन गर्दै उहाँले अधुरो क्रान्ति पूरा गर्न जनयुद्धपछि अतिरिक्त बचेको ज्यान अब एकिकृत जनक्रान्तिमा अर्पण गरिसकेकाले शहिदहरुको सपना साकार पारी छाड्ने अठोट व्यक्त गर्नुभयो । शहिद तथा बेपत्ता योद्धा परिवारहरुलाई नआत्तिन आग्रह गर्दै क्रान्ति अन्तिम अन्तिमतिर आइसकेको छ उहाँले भन्नुभयो–“तपाईहरु साथ र उर्जा हामीलाई दिनुहोस्,प्रचण्ड बाबुराम जस्तो धोका, गद्धारी गर्ने छैनौं बरु हामी लड्छौं मर्न तयार छौं, जितेरै छाड्नेछौं ।”


क्रान्ति सम्पन्न नहुँदै प्रचण्ड बाुरामहरुले हिजोकै व्यवस्थामा गएर शहिदहरुको सपना पूरा गर्ने पार्टीलाई दमन गरिरहेको भन्दै शहिदहरुको सपना क्रान्ति सम्पन्न गरि जनवादी व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने र जनतालाई स्वाधिन, खुशी, सुखी र समृद्ध बनाउने रहेकाले त्यो उदेश्य प्राप्त गर्न सम्पूर्ण शहिद तथा बेपत्ता परिवारहरुलाई गोलबन्ध हुन अपिल गर्नुभयो ।
पुजीवादी तथा विदेशीहरुको चाकडी गर्दै कम्युनिष्टको खोल ओढेर कम्युनिष्टहरुको जरा काट्न आइरहेकाले एमाले माओवादी केन्द्रलाई सामाजिक दलाल पुजीवादीको संज्ञा दिनुभयो । नेपाली जनतालाई झुक्याउन कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई सिद्धाउन नयाँ दलाल प्रयोग भएका छन्, जनतालाई छल्न शान्तिको नाममा अशान्ति मच्याउन र विकासका नाममा विनाश गर्न विभिन्न चालबाजी हुँदैछ सचेत हुनुहोस् उहाँले भन्नुभयो ।
सोहि कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य एवम शहिद संगमका दाई ओम पुन निर्माणले आफूहरुको पार्टी शहिदहरुको रगतले लतपतिएको पार्टी भएकाले शहिदको रगत पखालिने भनेकै क्रान्ति सम्पन्न गरेर जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनकै लागि हुने बताउनुभयो । “शहिद भनेका कसैका निजि हुँदैनन् सबैका हुन्छन्, शहिदको मुल्य ८÷ १०लाखमा होइन तर अहिलेको व्यवस्थाले शहिदका ठाउँमा विभिन्न शब्दका नाममा शहिदहरुलाई अपमान गरेको छ” –उहाँले भन्नुभयो ।
त्यस्तैनेपाल कम्युनिष्ट पार्टीकै अर्का पोलिट ब्यूरो सदस्य विरजंगले अन्याय, अत्याचार, विभेदका विरुद्ध बगेको शहिदहरुको रगत कुनै वस्तुसँग तुलना गर्न नमिल्ने बताउनुभयो ।

हिजो जुन राज्यसत्ताका विरुद्ध लड्यौं आज त्यहि राज्यसत्तामा प्रचण्डहरु गएका छन् त्यै राज्यसत्ताले शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गर्दा पनि गर्दैन र सो किसिमको सम्मान गर्न पनि सक्दैन ठोकुवा गर्दै भन्नुभयो त्यसकारण जनक्रान्तिमार्फत स्थापना हुने जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सबै शहिदहरुको व्यवस्थापन गर्ने र शहिदहरुको सम्मान गर्नुका सबै जनताको गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, सुरक्षाको ग्यारेन्टी हुने बताउनुभयो ।

बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष राम बहादुर थापा सुन्दरको अध्यक्षतामा भएको कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य सितलले शहिदहरुको रगतको चुक्ता गर्न शहिदहरुले देखाएको बाटोमा लामबद्ध भएकाले शहिदहरुको सपना पूरा गरि छाड्ने संकल्प व्यक्त गर्नुभयो ।
यसैबीच शहिद तथा बेपत्ता परिवारहरुको राष्ट्रिय सम्मेलनले शहिद परिवार समाजको अध्यक्षमा खुमा सुबेदी चयन हुनसभएको छ । १९ सदस्यीय केन्द्रीय समिति रहेको समितिको उपाध्यक्षमा मोहम्मद आदम, सचिवमा जया पौडेल, कोषाध्यक्ष ऐना धमला र सदस्यहरुमा रै बहादुर बस्नेत, प्रेम शाही, शोभा आचार्य, अन्जु कुमाल, हेमन्ता बुढाथोकी हरि मल्ल भाष्कर लगायत रहनुभएको छ ।
त्यस्तै सम्मेलनले राम बहादुर थापा सुन्दरको अध्यक्षतामा ११ सदस्यीय बेपत्ता परिवार समाज केन्द्रीय समिति चयन गरेको छ । जसको महासचिवमा नवराज ढुङगाना, कोषाध्यक्षसोममाया विक रहनुभएको छ । सदस्यहरुमाजानुका सेढाई, रत्न घिमिरे, हरिमाया विक, गणेश बोगटी, सुशीला चौधरी रहनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१