ताजा अपडेट

वडा स्तरिय फुटवल तथा भलिवल प्रतियोगिताको उपाधी डवरगाँउलाई

          |   130 Views   |   Published Date : 12th April 2018 |

download

दाङ,२९ चैत्र । घोराही उप महानगरपालिका वडा नम्वर ७ मा सञ्चालन भएको वडा स्तरिय फुटवल र भलिवल प्रतियोगिताको उपाधी डवरगाँउले हात पारेको छ । वडामा पहिलो पटक आयोजना गरिएको फुटवल प्रतियोगितामा जवरपुरलाई २ का बिरुद्ध ३ गोलले पराजित गर्दै डवरगाँउले उपाधी चुमेको हो ।

उपाधीसंगै डवरगाँउले १५ हजार रुपैया नगद,ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उप बिजेतामा सिमित जवरपुरले नगद ७ हजार,ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । फुटवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने जवरपुरका शंकर भण्डारीलाई म्यान अफदी म्याच घोषणा गरिएको थियो ।

यस्तै भलिवल प्रतियोगिताको बिजेता डवरगाँउले नगद १० हजार,ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ । भने उप बिजेता पर्साले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता सञ्चालन उपभोक्ता समितिका कोषाध्यक्ष सन्दीप चौधरीले जानकारी दिनुभएको छ । भलिवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने डवरगाँउका प्रशु चौधरीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलमा एन्फा रेफ्री देवनारा दाहाल,खुमबहादुर ओली रेफ्रीको भुमिका निर्वाह गर्नुभएको थियो ।

घोराही उप महानगरपालिका वडा नम्वर ७ को सहयोग तथा उपभोक्ता समितिको आयोजनामा भएको प्रतियोगितामा बिजयीलाई एक समारोहका बिच पुरस्कार प्रदान गरिएको थियो । समितिका अध्यक्ष अमित चौधरीको अध्यक्षता तथा वडा नम्वर ७ का कार्यवाहक वडा अध्यक्ष दिपक चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले खेल क्षेत्रको बिकासका लागी स्थानिय सरकारले प्रोत्साहित गर्नुपर्ने बताएका छन ।

गाँउ टोलदेखी खेलाडी उत्पादन गर्न आवश्यक बजेटसंगै उचित खेल मैदानको व्यवस्था गर्नुपर्ने उनिहरुको भनाई थियो । कार्यक्रममा जिल्ला फुटवल संघ दाङका सचिव नरेन्द्र पुन,जागृती महिला बचत तथा ऋण सहकारी संस्थाका कमला थापा,नेपाल पत्रकार महासंघका प्रदेश पार्षद बिमल योगी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव रोशनी घर्ती मगरले गरेकी थिईन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१