ताजा अपडेट

लैंगिक हिंसा न्युनिकरण गर्ने निकाय विच समन्वय भएन

          |   93 Views   |   Published Date : 12th April 2018 |

mahottari chal

दाङ, चैत्र  । दाङमा लैगिंक हिंसाको क्षेत्रमा काम गर्ने एक सय बढि सामाजिक संघसस्थाहरु हुँदा पनि समन्वय हुन नसकेको सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन । पछिल्लो समय घरेलु तथा लैंगीक हिंसाका घटनाहरु बाहिर आउने क्रम बढेको भएपनि त्यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु विचमा समन्वय हुन नसकेको त्यसक्षेत्रमा काम गर्ने सस्थाहरुले बताएका हुन् ।

लैगिंक हिंसा न्युनिकरणका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा सञ्चालन गरिएको एकद्धार संकट व्यबस्थापन प्रणालीका राधा पौडेलले पछिल्लो समय मानसिक यातना बढि भएका हिंसाहरु आउने गरेको बताउनुभयो । पहिले कुटपिट, भैmझगडा जस्ता घटनाहरु आउने गरेको भन्दै उहाले अहिले मानसिक यातना दिने घटनाहरु बढि भएको जानकारी दिनुभयो । जिल्लामा लैगिक हिंसाका घटनाहरु रोक्नका लागि काम गर्दै आएका निकायहरु विचमा समन्वय नहुँदा समस्या भएको उहाको भनाई छ । साथै उहाले स्थानिय तहहरु आएपछि झन समन्वय हुँनै नसकेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका महिला सेलकी नन्दकली कटुवालले घरेलु हिंसाका घटनाहरु बढि आउन थालेको जानकारी दिनुभयो । सामान्य झैझगडाका घटनाहरुलाई मिलापत्र गराउने गरीएको भन्दै उहाले बढि जटिल घटनाहरुलाई कानुनी उपचारका लागि पठाउने गरेको बताउनुभयो ।

महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको सिसा नेपालले आयोजना गरेको विभिन्न निकायहरु संगको छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका गैसरसरकारी समन्वय शाखाका अधिकृत डा. गोविन्द आचार्यले जिल्लामा एक सय बढि सामाजिक संघसस्थाहरुले उस्तै उस्तै कार्यक्रमहरु गर्दै आएको भएपनि यी सस्थाहरु विचमा समन्वय नभएको बताउनुभयो ।

एउटै क्षेत्र र एउटै विषयमा काम गर्ने निकायहरुको विचमा समन्वय हुन आबस्यक रहेको उहाको भनाई छ । कार्यक्रममा पत्रकार बसुन्धरा गौतमले न्याय महिला मैत्री हुन नसकेको बताउनुभयो । स्थानिय तहले पनि महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने निकायहरुलाई बोलाएर समन्वयकारी भुमिका खेल्न सुझाब दिनुभयो ।

सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक कृष्ण चौधरीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१