ताजा अपडेट

राप्ती ईन्जिनिएरिङ कलेजले ७ औ वार्षिकोत्सब मनाउँने

          |   57 Views   |   Published Date : 12th April 2018 |

30582435_1609370419184205_5754832164583636992_n दाङ, चैत्र । राप्ती ईन्जिनिएरिङ कलेजले घोराहीले ७ औ वार्षिकोत्सब मनाउँने भएको छ । कलेजले बैशाख ३ गते वार्षिकोत्सब मनाउँन लागेको कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीले जानकारी दिनुभयो ।

वार्षिकोत्सबका अबसरमा सप्ताह व्यापी खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको गिरीको भनाई छ। वार्षिकोत्सबका अबसरमा साँस्कृतिक कार्यक्रम, बिभिन्न जातजातीको साँस्कृतिक भेषभुषा प्रर्दशनी गरिने कलेजका प्रिन्सीपल रेशम गिरीले जानकारी दिनुभयो ।

वार्षिकोत्सबका अबसरमा भलिवल,फुटवल, लोकगीत प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको गिरीले जानकारी दिनुभयो । वार्षिकोत्सबका अबसरमा आयोजित प्रतियोगितामा बिजयी हुने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको गिरीले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१