ताजा अपडेट

राप्तीको देविकोट भद्राक्षीदेवि मन्दिरमा पहिलोपटक नियमित यातायात सुचारु

          |   128 Views   |   Published Date : 12th April 2018 |

a1aa तिर्थराज ज्ञवाली

 चैत्र, मसुरीया,दाङ |धार्मीक स्थल भद्राक्षीदेवि मन्दिर जानका लागी गणतन्त्र मार्गमा अव नियमित दैनिक यातायात सुरु गरिएको छ ।राप्ती गाउँपालिका र वडा न. ९ को विशेष पहलमा दैनिक जान र आउनका लागी मौरिघाट श्रीनारायण चोक बाटदेविकोट भद्राक्षी मन्दिर आवतजावतका लागिबोलेरो जिव सञ्चालनमा ल्याईएको वडा अध्यक्ष रीम बहादुर सुनारी मगरले जानकारी दिनुभएको छ ।


सार्वजनिक यातायात सञ्चालनका लागि पटक पटक भालुवाङ काउन्टरहरुमा आग्रह गरेपनि विकटताको कारण देखाउदै सार्वजनिक यातायात सञ्चालन नभएपछि ब्यक्गित सवारीधनि संग छलफल गरि बुधवार देखी जीव संञ्चालन गरिएको वडा अध्यक्ष रीम बहादुर सुनारी मगरले बताउनु भएको छ ।


धार्मीक रुपमा रहेको देविकोट भद्राक्षीदेवि मन्दिरमा आउने श्रद्धालु तथा स्थानिय नागरिकलाई सहजता पु¥याउने उदेश्यले यातायात सुचारु गरिएको हो ।
विहान १० बजे मौरिघाट श्रीनारायण चोक वाटदेविकोट भद्राक्षी मन्दिर आवतजावतका लागि बोलेरो जिव सञ्चालनमा ल्याईएको जिव सञ्चालक अमृत सुनार र राकेश चौधरीले बताउनु भएको छ ।
मन्दिर दर्शन गर्न आउने भक्त्तजनले सहजताका लागि वडा अध्यक्षको मोवाईल नं ९८१०९४७३३० मा सम्पर्क गर्न सकिने वडा अध्यक्ष रिम बहादुर सुनारि मगरले सबैमा अनुरोध समेत गर्नुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१