ताजा अपडेट

दलितलाई आर्थिक रुपमा समृद्ध बनाईने

          |   45 Views   |   Published Date : 12th April 2018 |

lamixane

यमकला भुसाल तुलसीपुर, चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछानेले दलितहरुलाई आर्थिक रुपमा समृद्ध बनाउन अबको एजेण्डा प्रमुख रहेको बताउनु भएको छ ।

वडा नं ६ को आर्थिक सहयोग र वडामै रहेको वडा स्तरिय दलित सञ्जालको आयोजनामा बुधबार तुलसीपुरमा भएको दलितका लागी सचेतना तथा परिवर्तन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमलाइ सम्बोधन गर्दै छामिछानेले यस्तो बताउनु भएको हो । समाजमा रहेका जातिय विभेद अन्त्यका लागी एकले अर्कालाइ दोषी देखाउने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको उहाको भनाई थियो ।

उहाले एकले अर्कालाइ गर्ने व्यवहार सन्तोषजनक नभएको भन्दै  समाज परिवर्तन गर्न हरेक व्यक्तीले आफ्नो व्यवहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाले समाजमा चेतना जगाउन हरेक व्यक्तीले व्यवहार परिवर्तन गर्नुपर्ने भन्दै जवसम्म आफुलाइ परिवर्तन गर्न सकिदैन तवसम्म समाजको सच्चा नागरिक बन्न नसक्ने उहाको भनाई थियो । कर्मले चिनाउन सके समाजको योग्य र सक्षम व्यक्ती बन्न सक्ने लामीछानेको भनाई छ ।

यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दे वडा सदस्य युवा कराराले दलित र गैरदलित एक भए मात्र जातिय विभेद अन्त्य हुने बताउनुभयो । उहाले अन्य वडा भन्दा ६ नं वडालाई नमुना योग्य वडाका रुपमा स्थापीत गर्ने भन्दै जातको आधारमा विभेद गर्नेलाइ कारर्वाही हुने उहाको भनाई छ । उहाले हरेक व्यक्तीले आफ्नो आनीबानीमा सुधार ल्याए मात्र विभेद मुक्त समाजको निमार्ण हुने समेत धारणा राख्नुभयो ।

६ नं वडा स्तरिय दलित सञ्जालकी अध्यक्ष यमुना परियारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य हरि वहादुर वलि, समासेवी हरिकला वलि मियाँ, सामाजिक रुपान्तरणका लागी हाम्रो अभियान सस्थाका किरण विश्वकर्मा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्जालका सयोजंक ताराप्रसाद परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दलित अधिकार तथा सञ्चार अभियान नेपालका महासचिव सन्तोष चनाराले गर्नुभएको थियो ।

एक दिने अभिमुखिकरण कार्यक्रमको प्रशिक्षकमा मानव अधिकारीकर्मी निर्मल नेपाली र वाल सरक्षंण तथा सर्वद्धन समितीका सदस्य तथा पत्रकार निरला अर्याल गैरे रहनु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१