ताजा अपडेट

घोराहीमा कक्षा ८ को नतिजा प्रकाशित, ४ हजार १५ जना पास

          |   127 Views   |   Published Date : 12th April 2018 |

IMG_1555

घोराही, २९ चैत्र | घोराही उपमहानगरपालिकाले यस बर्षको कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको नतिजा सार्वजनिक गरेको छ । यस बर्ष देखी स्थानिय सरकारले आफै सञ्चालन गरेको कक्षा ८ को परिक्षाको नतिजा उपमहानगरले विहिबार सार्वजनिक गरेको हो ।

घोराही उपमहानगरपालिका स्तरीय आधारभुत तहको परिक्षा समितिका अध्यक्ष एवं प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीको अध्यक्षतामा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको हो । ३९ वटा सरकारी र ४४ वटा निजि विद्यालयबाट परिक्षामा सहभागि भएका ४ हजार ४ सय ६१ जना परिक्षार्थी मध्य ४ हजार १४ जना पास भएका छन् ।

परिक्षाको नतिजा अक्षरांकबाट ग्रेडमा प्रकाशित गरिएको छ । जस अनुसार ‘ए’ प्लसमा ९१ जना, ‘ए’ मा ३ सय ७५ जना, ‘वि’ प्लसमा ७ सय ३९, ‘वि’ मा ९ सय ४६, ‘सि’ प्लसमा १ हजार १ सय ८७, ‘सि’ मा ४ सय २८, ‘डि’ प्लसमा २ सय ४९, ‘डि’ मा ३ सय १६ र ‘इ’ ग्रेड १ सय ३० जनाले लिएकास शिक्षा शाखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

डि र ई ग्रेड ल्याउने विद्यार्थी ४ सय ४६ जना रहेका छन भने उनिहरुले कक्षा ९ मा पढ्न नपाउने भएका छन् । तर दुई बिषयमा फेल भएकाहरुलाई भने बैशाख १ देखी १२ गते सम्म स्तरबृद्धीका लागि निबेदन दिने व्यवस्था गरिएको शिक्षा शाखाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले शिक्षालाई राम्रो बनाउन शिक्षक, विद्यार्थी र अभिभाबकहरु विचको एकीकृत पहल हुनुपर्नेमा जोड दिनुभयो । शिक्षकले जिम्मेवारी पुरा गर्ने, विद्यार्थी लगनशिल भएर पढ्ने र अभिभाबकले निगरानी राखे मात्रै पनि शिक्षाको गुणस्तर बढ्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सीता न्यौपाने, स्रोत व्यक्तिहरु र शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण स्रोत व्यक्ति हुमबहादुर केसीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१