स्वर्गीय खुमवहादुर खड्का पुत्र अनराग खड्कालाइ राजनितिमा जोड्न केन्द्रीय पदाधिकारिको ध्यान आकर्षण

शिवु खनाल देउखुरी, २८ चैत्र | नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले स्वर्गीय खुमवहादुर खड्का सबैभन्दा शुरो नेता भएको बताउनु भएको छ । पार्टी, कार्यकर्ता र जनताको लागि सोच्ने साहसी नेता खुमबहादुर जस्तो साहासी शुरो नेता आफूले अहिले सम्म नदेखेको भन्दै प्रशंसा गरे । नेपाली कांग्रेस दाङले खड्का निवासी लमही ८ सतवरीयामा आयोजना गरेको १३ औं दिनको श्रद्धाञ्जली सभा कार्यक्रममा पार्टी सभापती देउवाले यस्तो बताउनुभएको हो । “खुमवहादुर जी महान नेता हो,मैले भनिरहनु पर्दैन उहाँ शुरो हो अहिले सम्म यस्तो नेता देख्या पनि थिएन, सभापती देउवाले भने । पाटीले स्वर्गीय नेता खड्काको स्वस्थ्य उपचारको लागि हरदम प्रयास गरेको जानकारी दिदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले खड्काको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षेती भएको बताए । स्वर्गीय नेता खुमहवादुर खड्का पक्षधर नेताहरु तर्फ संकेत गर्दै सभापती देउवाले केही नेताहरुले खड्का प्रर्ति पार्टी नेतृत्वले वेवास्था ग¥यौ भन्नु गलत भएको भन्दै सोचेर वुझेर मात्रै बोल्न आग्रह गरे । केही पनि गरेन भनेर भन्नुभयो, सोचेर बोल्नु पर्छ,भाइहरुलाई सोचेर बोल्न आग्रह गर्छु, देउवाले भने । नेपाली काग्रेसलाई रक्ष्या गर्नको लागि नेपाली कांग्रेस एकजुट भएर लाग्न आवश्यक रहेको भन्दै देउवाले पार्टीलाई एकजुट बनाएर लाग्नु नै खड्का प्रर्ति सच्चा श्रद्धाञ्जली हुने तर्क राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभापती देउवाले कार्यकर्ता र पार्टीको लागि पर्दा र … Continue reading स्वर्गीय खुमवहादुर खड्का पुत्र अनराग खड्कालाइ राजनितिमा जोड्न केन्द्रीय पदाधिकारिको ध्यान आकर्षण