जनमूखी पत्रकारितामा जोड ः चलाउने
दाङ चैत । क्रान्तिकारी पत्रकार संगठन दाङको दोस्रो सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले जनमूखी पत्रकारिता आजको आवश्यकता भएको जोड दिएका छन् । मंगलबार घोराहीमा आयेजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
सम्मेलनको उद्घाटन गर्दै संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले विचारकै आधारमा शत्रु देख्ने कार्य राज्यको तर्फबाट भइरहेको भन्दै यस्तो कार्य तत्काल सच्चाउन आग्रह गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका चलाउनले जनताको जनजीविकालाई प्राथमिकता दिएर प्रत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
संगठनकी जिल्ला संयोजक जानकी दहितको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि प्रेस काउन्सीलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, नेकपा माओवादीका दाङ इञ्चार्ज सविन पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, पूर्व अध्यक्ष प्रताप रेग्मी, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष प्रकाश चौधरीलगायतकाले बोल्नुभएको थियो ।
सम्मेलन आयोजक समितिका सदस्य ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्तोष गुप्ताले गर्नुभएको थियो ।
संगठनको अध्यक्षमा दहित
यसैबीच क्रान्तिकारी पत्रकार संगठनको दोस्रो सम्मेलनले २१ जानकी दहितको अध्यक्षत्तामा २१ सदस्यीय नयाँ कार्य समिति चयन
गरेको छ । जसको उपाध्यक्षमा सन्तोष कुमार गुप्ता, सचिव जंग रेउले, कोषाध्यक्ष बिदुर एमसी, सदस्यहरुमा ओमप्रकाश गुप्ता, दिपक ओली, सन्तोष जिसी, मनोज केसी, दोर्ण केसी, इराधा झाक्री, आयुषा केसी, धनराज स्वर्णकार, मेघराज डाँगी, वसन्त राना, सन्तोष थापा, बिरेन्द्र गिरी, अम्मर चौधरी रहनुभएको छ ।

Leave a comment