खुवी भएका खुमबहादुर : असाधारण नेतृत्व क्षमता र विकासवादी नेताको रुपमा सम्झना

नवीन अभिलाषी दाङ, चैत २७ । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त खुमबहादुरको नाम सुन्ना साथ २०२८ सालको सम्झना गर्छन् । पञ्चायत उग्र बन्दै गरेको समयमा त्यति बेला कांग्रेस र कम्युनिष्ट हुनु खतरा थियो । त्यहि समयमा पन्तसहित ६÷७ जनालाई हालको भरतपुरस्थित खोल्सामा लगेर खुमबहादुर खड्काले पञ्चायत बिरुद्ध प्रशिक्षण दिएको पन्तको स्मरण छ । ‘उहाँले तत्कालिन पञ्चायत बिरुद्ध हामीलाई रामपुरमा वाल पेन्टिङ र कालो झण्डा गाड्ने निर्देशन दिनुभएको थियो’, पन्त भन्छन्, ‘तर हामीले कालो झण्डा गाडेर पञ्चायतको बिरोध गरेका छौं, वाल पेन्टिङ गर्न सकेनौं ।’ नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि बलिदानी दिन सक्ने योद्धाका रुपमा खुमबहादुर खड्काको सम्झना गर्छन् । खुमबहादुर असाधारण क्षमता र विकासवादी नेताका रुपमा रहेको एमाले अध्यक्ष खड्काले चर्चा गर्नुभयो । ‘पञ्चायत बिरुद्ध र नेपालको राजनीतिमा प्रजातन्त्रका लागि आफूलाई बलिदान दिन सक्ने योद्धाका रुपमा हामीले खुमबहादुरलाई सम्झन्छौं’, खड्काले भन्नुभयो, ‘वीपी कोइरालासँगै निर्वासनबाट मेलमिलापको नीति लिएर नेपाल आउने खुमबहादुर नेपाली राजनीतिका बलियो पात्र हो ।’ नेकपा माओवादीका नेता निर्मला आचार्यले राजनीतिक जीवनको उतारचढाव बाहेक आफैमा सफल र दाङबासीहरुलाई धेरै माया गर्ने नेता भएको बताउनुभयो । जिल्लाको विकास र कार्यकर्ताहरुका लागि जे पनि गर्न सक्ने नेताका रुपमा खुमबहादुर रहेको उहाँको मूल्याङ्कन थियो । ‘राजनीतिक जीवनको अन्त्य अन्त्यमा उहाँलाई जुन छाप लाग्यो, त्यसबाट सम्पूर्ण राजनीतिक कार्यकर्ताहरु … Continue reading खुवी भएका खुमबहादुर : असाधारण नेतृत्व क्षमता र विकासवादी नेताको रुपमा सम्झना