ताजा अपडेट

स्वर्गीय खुमवहादुर खड्का पुत्र अनराग खड्कालाइ राजनितिमा जोड्न केन्द्रीय पदाधिकारिको ध्यान आकर्षण

          |   118 Views   |   Published Date : 11th April 2018 |

1

शिवु खनाल देउखुरी, २८ चैत्र | नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले स्वर्गीय खुमवहादुर खड्का सबैभन्दा शुरो नेता भएको बताउनु भएको छ । पार्टी, कार्यकर्ता र जनताको लागि सोच्ने साहसी नेता खुमबहादुर जस्तो साहासी शुरो नेता आफूले अहिले सम्म नदेखेको भन्दै प्रशंसा गरे ।

नेपाली कांग्रेस दाङले खड्का निवासी लमही ८ सतवरीयामा आयोजना गरेको १३ औं दिनको श्रद्धाञ्जली सभा कार्यक्रममा पार्टी सभापती देउवाले यस्तो बताउनुभएको हो । “खुमवहादुर जी महान नेता हो,मैले भनिरहनु पर्दैन उहाँ शुरो हो अहिले सम्म यस्तो नेता देख्या पनि थिएन, सभापती देउवाले भने ।

पाटीले स्वर्गीय नेता खड्काको स्वस्थ्य उपचारको लागि हरदम प्रयास गरेको जानकारी दिदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले खड्काको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षेती भएको बताए । स्वर्गीय नेता खुमहवादुर खड्का पक्षधर नेताहरु तर्फ संकेत गर्दै सभापती देउवाले केही नेताहरुले खड्का प्रर्ति पार्टी नेतृत्वले वेवास्था ग¥यौ भन्नु गलत भएको भन्दै सोचेर वुझेर मात्रै बोल्न आग्रह गरे । केही पनि गरेन भनेर भन्नुभयो, सोचेर बोल्नु पर्छ,भाइहरुलाई सोचेर बोल्न आग्रह गर्छु, देउवाले भने ।

नेपाली काग्रेसलाई रक्ष्या गर्नको लागि नेपाली कांग्रेस एकजुट भएर लाग्न आवश्यक रहेको भन्दै देउवाले पार्टीलाई एकजुट बनाएर लाग्नु नै खड्का प्रर्ति सच्चा श्रद्धाञ्जली हुने तर्क राखे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभापती देउवाले कार्यकर्ता र पार्टीको लागि पर्दा र आराम नगर्दा खड्कालाई गुमाउनु परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । यस्तै श्रद्धञ्जली सभा नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले नेपालमा ८० प्रतिसत नेपालीहरु हिन्दु धर्ममा आस्था राख्ने हुनाले नेपाल हिन्दु धर्म कायम गर्न तर्फ नेपाली कांग्रेस सोच्नुपर्ने बताउनुभयो ।

खुमवहादुर जीको पनि चाहाना त्यही थियो हिन्दु राज्य कायम गरेछी मात्रै सच्चा श्रद्धाञ्जली हुन्छ, कोइरालाले भने । सरकार शक्तीको दुरुपयोग गरीरहेको भन्दै आपत्ती जनाए । कार्यक्रममा सहभागि स्वर्गीय खुमहवादुर पक्षधरका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वले आफू निकट हरुलाई काखी च्याँप्दै खुमवहादुर प्रर्ति अपमान गरेको आरोप लगाएका थिए ।

कांग्रेस नेताहरुले स्वर्गीय खुमवहादुर खड्का पुत्र अनराग खड्कालाइ राजनितिमा जोड्न केन्द्रीय पदाधिकारिको ध्यान आकर्षण गराएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु पार्वती डिसी चौधरी, प्रकाश शरण महत, देवेन्द्रराज कडेल, किशोर सिंह राठोर, शंकर भण्डारी, दिपकराज गिरी, शेकर कोइराला, महामन्त्री शसांक कोइराला लगातले बोलेका थिइ ।

दाङ जिल्ला सभापति कृतिवहादुर खड्काको सभापतित्व र केन्द्रीय सभापति तथा पुर्व प्रधानमन्त्रि शेरवहादुर देउवाको प्रमुअ आथित्यतामा भएको कार्यक्रममा दुईदर्जन स्थानिय तथा केन्द्रीय नेताहरुले शम्वोधन गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१