ताजा अपडेट

स्वर्गिय खुमबहादुर खडकाको निधनले सिङो देशलाई क्षति: सभापती देउवा

          |   135 Views   |   Published Date : 11th April 2018 |

30118695_881349182050154_973583202_n

देउखुरि २८ दाङ|नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले खुम बहादुर खडकाले पार्टि र देशका लागी पु¥याएको योगदानको उच्च कदर गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली काग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको १३ दिनको पुण्यतिथीमा कांग्रेस दाङले सतबरियामा आयोजना गसरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै देउवाले त्यस्तो बताउनु भएको हो । खडकाले राजनितिक जिवनमा नेपाली कागे्रेसको संगठन बिस्तार र समग्र देशमा प्रजातन्त्र बहालीका लागी ठुलो भुमिका निर्वाह गरेको भन्दै काग्रेसले उहाँलाई सदैव स्मरण गरिरहने बताउनु भयो ।

स्वर्गिय खडकाको निधनले काग्रेसलाई मात्र नभई सिङो देशलाई नै ठुलो क्षेति पुगेको भन्दै उहाँको साहस र नेत्रृत्व क्षमतालाई काग्रेसका सवै सिपाहिहरुले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस दाङका सभापति कृति बहादुर खडकाको अध्यक्षता तथा पार्टिका केन्द्रिय सभापती शेर बहादुर देउवाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो ।

30184725_881349172050155_2008580942_n

सो अवसरमा धन्यबाद ब्यक्त गर्दै स्वर्गिय नेता खडकाका छोरा अनुराग खडकाले वुवाको राजनितिक उदेश्य पुरा गर्नका लागी आफुले राजनिति शुरु गर्ने उदघोष गर्नुभयो । उहाँले पिता खडकाले दाङ बाटै राजनिति शुरु गरेको र दाङ उहाँको पृय जिल्ला रहेको भन्दै दाङले एक जना सच्चा सिपाहिलाई गुमाएको बताउनु भयो ।

सो अवसरमा काग्रेस महामन्त्रि शसांक कोईराला केन्द्रीय सदस्य हरु दिपक गिरि,डाक्टर शेखर कोईराला,डाक्टर प्रकाशसरण महत,प्रदेश सासद डिल्ली बहादुर चौधरि,पुर्व सासद राजु खनाल, लगाएत केन्द्रिय तथा जिल्लाका चार दर्जन बढिले खुमबहादुर खडकाको जिवनि र उहाले दाङ सहित  समग्र देशको बिकाश र पार्टीलाई पुर्यायको योगदानको चर्चा गरेका थिए।
कार्यक्रमको सहजिकरण जिल्ला सचिव शकर डागिले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१