ताजा अपडेट

राप्तीमा करदाता शिक्षा सुरु

          |   89 Views   |   Published Date : 10th April 2018 |

20180410_102959 तिर्थराज ज्ञवाली दाङ,२७ चैत्र, मसुरीया | राप्ती गाउँपालिका गाउँकार्यपालिकाले आफ्ना नागरिकहरुलाई करदाता शिक्षा सुरु गरेको छ । गाउँपालिकाले नागरिकमा रहेको करको विषयमा रहेको अन्यौलतालाई सहज र सरल बुझाई गर्न करदाता शिक्षा सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभएको छ ।


राप्ती गाउँपालिकाको सबै वडामा करदाता शिक्षा सञ्चालन गरिने र नागरिकमा रहेको कर प्रतिको भए हटाईने प्रमुख प्रशासकिय अधिकृत भुसालले बताउनुभएको छ ।


राप्ती गाउँपालिका वडा न। १, २ र ३ का नागरिकहरुलाई करदाता शिक्षा मंगलबार दिईएको छ भने अन्य वडाहरुमा बुधवार र विहिवार दिईने बताईएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत केशव राज पार्धेले प्रशिक्षिण दिईरहनु भएको करदाता शिक्षा कार्यक्रममा स्थानिय तहमा आगामी आर्थिक वर्षदेखी लागुगर्न थालीएको एकिकृत सम्पक्ति कर लगायतका करका विषयमा नागरिकलाई जानकारी दिईएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१