ताजा अपडेट

घुस लिँदै गर्दा मालपोत कार्यालयका दुई कर्माचारी पक्राउ

          |   146 Views   |   Published Date : 10th April 2018 |

aba

सुर्खेत । सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतमा कार्यरत दुई कर्माचारी आज पक्राउ परेका छन् ।

सो कार्यालयका मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा दुई लाख रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

मोहीबापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख हैरानी दिएको साथै काम छिटो छरितो गरी दिने भन्दै रु दुई लाख मागेपछि विशेष सूचनाका आधारमा आयोगको टोलीले सो रकमसहित दुबै जनालाई पक्राउ गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिए । रासस

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१