ताजा अपडेट

खड्काको अस्तु बबईमा

          |   218 Views   |   Published Date : 10th April 2018 |

30515922_1685641591527159_8614636429155714745_n

दाङ, २७ चैत | नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको अस्तु बबई नदिमा सेलाईएको छ । मंगलवार नेपाली कांग्रेस दाङले धर्ना धारापानीमा बबई नदिमा पुगेर अस्तु सेलाएको हो ।

कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थितिमा काठमाडौँबाट ल्याईएको अस्तु सेलाईएको थियो । खड्काको १२ दिनको पुण्यतिथीमा अस्तु सेलाईएको कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री दिपक गिरी, प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठ, जिल्ला सभापति किर्तिबहादुर खड्का, पूर्व जिल्ला सभापति विरकेशरी गौतम, निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी, पूर्व सांसद गेहेन्द्र गिरी, महाधिवेशन प्रतिनिधी भरतबहादुर न्यौपाने, जिल्ला उपसभापति कमानसिंह भारति, जिल्ला सचिव शंकरप्रसाद डाँगी, टेकबहादुर वली, क्षेत्रीय सभापतिहरु भुपबहादुर डाँगी, जगत खड्का, महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, नेविसंघका जिल्ला उपाध्यक्ष टोपबहादुर बुढाथोकी, क्षेत्रीय सभापति तिलक रावत, दलित संघका जिल्ला अध्यक्ष बाबुराम बि.क लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसले वुधवार श्रद्धाञ्जली सभा गर्ने, देउवा आउदै

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको १३ दिनको पुण्यतिथीमा कांग्रेस दाङले उनको गृहगाँउ सतबरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ । कांग्रेस दाङको आयोजनामा वुधवार उनको गृहगाँउ सतबरियाको गाझेनामा हुने कार्यक्रमकालागि कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शंशाक कोईराला, शेखर कोईराला लगायत नेताहरु आउने जिल्ला सभापति किर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।

वुधवार विहान साढे ११ बजेदेखी सुरु हुने श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिकालागि उहाँले सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एवं भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था लगायत सम्पूर्ण सुवेच्छुकहरुमा अनुरोध गर्नुभएको छ ।

सौडियारमा श्रद्धाञ्जली सभा सम्पन्न

खड्काको १२ दिनको पुण्यतिथी सौडियारमा मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कांग्रेस साविक सौडियार ईकाई समितिको अयोजनामा श्रद्धाञ्जली सभा भएको हो ।

ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं निवर्तमान सांसद राजु खनालको प्रमुख आतिथ्य र महाधिवेशन प्रतिनीधी भरतबहादुर न्यौपानेको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सौडियार, धर्ना लगायत जिल्लाको विकासमा खड्काले पुर्याएको योगदानको चर्चा गर्दै दाङलाई सधै उनको अभव खड्कीरहने बताएका थिए ।

कार्यक्रममा क्षेत्रीय सभापति भुपबहादुर डाँगी, पूर्व महासमिति सदस्य भिमप्रकाश खड्का, क्ष्ोत्रीय सचिव बद्रिकुमार खड्का, क्षेत्रीय सदस्य रेखबहादुर वली(देउता), घोराही उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुमणी दाहाल, वडा नम्बर ६ का अध्यक्ष रेबबहादुर बुढाथोकी, वडा नम्बर ६ का सदस्य कुन्ता सिजवाल, कांग्रेस साविक सौडियार ६ का अध्यक्ष बेदुराम भण्डारी, ४ नम्बर वडाका खगिराम वली, १ का सभापति हुमबहादुर वली, सौडियार उपसभापति धनबहादुर पुन, निमानन्द गैरे लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण सौडियार २ का सभापति निमबहादुर चौधरीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१