संखुवासभामा ट्याक्टर दुर्घटना, तीनको मृत्यु, चालक घाइते
संखुवासभा, २६ चैत । जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आइतबार दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते हुनु भएको छन् । उहाँको चैनपुर उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतकमध्ये दुईको घटनास्थलमै र एकजनाको सोही उपस्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिजुलीको पोल लिएर चैनपुरबाट फेरुङ्गेतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।
Facebook Comments

Leave a comment