प्रतिष्ठान सार्ने चलखेलको खनालले गरे घोर निन्दा एंव भत्र्सना

घोराही, चैत  । पुर्व संविधान सभा सदस्य राजु खनाल पनि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलकर्तामध्ये एक हुन् । उनि पनि प्रतिष्ठान बनाउन निकै लागि परे ।प्रतिष्ठान सार्ने चलखेल भइरहेको कुरा सञ्चारमाध्यममार्फत आफुले थाहा पाएको भन्दै खनालले यदि यस्ता गलत कामहरुको काग्रेसकोतर्फवाट घोरा निन्दा एंव भत्र्सन गरेका छन् । उनिसहीत दाङवाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुको पहलमा गएको ब्यवस्थापिका संसदवाट प्रतिष्ठानको ऐनसमेत जारी भयो । प्रतिष्ठानको ऐन मस्यौदा गर्न तत्कालिन स्वास्थ्यमन्त्रि गिरीराजमणि पोखरेलले नेकपा माओवादि केन्द्रका पोलिटब्युरो सदस्य तथा दाङका इञ्चार्ज जिवन गौतमलाई समन्वय कर्ता नियुक्त गरेर जिम्मेवारी दिएका थिए । त्यसमा विशेषगरी साथ दिने थिए–अहिलेका राप्ति उपक्षेत्रीय अस्पतालका निमीत्त मेसु डा. जनार्दन पन्थि । खासगरी दुवैजनाको सहकार्यमा प्रतिष्ठानको मस्यौदा बनाएर ब्यवस्थापिका संसदमा पेश गर्ने काम भएको थियो । तर, काठमान्डौमा दाङसहीत राप्तिवाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले राप्ति उपक्षेत्रीय अस्पताललाई नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर लिखितरुपमा प्रतिवद्धता जाहेर गरेका थिए । सोही प्रतिवद्धता अनुरुप उपक्षेत्रीय अस्पताललाई ऐनमार्फत नै प्रतिष्ठान बनाईएको हो । तर, अहिले हिजो ऐन ल्याउन पहल गर्नेहरु कुनै न कुनै माध्यमवाट अवरोधकरुपमा आउन थालेका यहाँका सरोकारवालाको बुझाइ हुन थालेको छ । विगतमा असाध्यै प्रतिष्ठानका लागि मरीमेट्नेहरु आज भोलि उनिहरुको भुमिका निकै निष्कृय रहेको देखीन्छ । आफै ऐन ल्याउने र अहिले ऐन अनुसार काम गर्न नदिने र प्रतिष्ठानलाई विवादमा … Continue reading प्रतिष्ठान सार्ने चलखेलको खनालले गरे घोर निन्दा एंव भत्र्सना