ताजा अपडेट

प्रतिष्ठान सार्ने चलखेलको खनालले गरे घोर निन्दा एंव भत्र्सना

          |   318 Views   |   Published Date : 9th April 2018 |

images_cms-image-000035687

घोराही, चैत  । पुर्व संविधान सभा सदस्य राजु खनाल पनि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलकर्तामध्ये एक हुन् । उनि पनि प्रतिष्ठान बनाउन निकै लागि परे ।प्रतिष्ठान सार्ने चलखेल भइरहेको कुरा सञ्चारमाध्यममार्फत आफुले थाहा पाएको भन्दै खनालले यदि यस्ता गलत कामहरुको काग्रेसकोतर्फवाट घोरा निन्दा एंव भत्र्सन गरेका छन् ।

उनिसहीत दाङवाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुको पहलमा गएको ब्यवस्थापिका संसदवाट प्रतिष्ठानको ऐनसमेत जारी भयो । प्रतिष्ठानको ऐन मस्यौदा गर्न तत्कालिन स्वास्थ्यमन्त्रि गिरीराजमणि पोखरेलले नेकपा माओवादि केन्द्रका पोलिटब्युरो सदस्य तथा दाङका इञ्चार्ज जिवन गौतमलाई समन्वय कर्ता नियुक्त गरेर जिम्मेवारी दिएका थिए ।

त्यसमा विशेषगरी साथ दिने थिए–अहिलेका राप्ति उपक्षेत्रीय अस्पतालका निमीत्त मेसु डा. जनार्दन पन्थि । खासगरी दुवैजनाको सहकार्यमा प्रतिष्ठानको मस्यौदा बनाएर ब्यवस्थापिका संसदमा पेश गर्ने काम भएको थियो । तर, काठमान्डौमा दाङसहीत राप्तिवाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले राप्ति उपक्षेत्रीय अस्पताललाई नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर लिखितरुपमा प्रतिवद्धता जाहेर गरेका थिए । सोही प्रतिवद्धता अनुरुप उपक्षेत्रीय अस्पताललाई ऐनमार्फत नै प्रतिष्ठान बनाईएको हो ।

तर, अहिले हिजो ऐन ल्याउन पहल गर्नेहरु कुनै न कुनै माध्यमवाट अवरोधकरुपमा आउन थालेका यहाँका सरोकारवालाको बुझाइ हुन थालेको छ । विगतमा असाध्यै प्रतिष्ठानका लागि मरीमेट्नेहरु आज भोलि उनिहरुको भुमिका निकै निष्कृय रहेको देखीन्छ । आफै ऐन ल्याउने र अहिले ऐन अनुसार काम गर्न नदिने र प्रतिष्ठानलाई विवादमा ल्याउने काम अस्पताल नेतृत्व गरेको हीसावले पन्थि नै बढि जिम्मेवार देखीन्छन् ।

कानुन मस्यौदा गर्ने वेला नै ब्यापक छलफल गरेर संसदमा पेश गर्नुपर्नेमा त्यो नगर्दा अहीले नियोजित समस्या देखाउन खोजिएको आभास हुन थालेको छ । प्रतिष्ठानको ऐन आएपछि पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिष्ठानको उपकुलपतिसहीत चारवटै पदमा पदाधिकारी नियुक्त गरेपछि एकाएक हिजो ऐन ल्याउन आफ्नो प्रभावकारी उपस्थिती देखाएको त्यो समुह र समुहको नेतृत्व गर्ने उक्त माओवादि पार्टिका नेताहरुको जुनरुपमा भुमिका हुनुपथ्र्यो त्यो अहिलेसम्म अनुभुति हुने गरी भएको छैन् ।

अहिले अस्पताल र प्रतिष्ठान छुट्टै बनाउनु पथ्र्यो वा प्रतिष्ठानवाट अस्पताल अलग गर्नुपर्छ भनेर त्यो समुहले नै केन्द्रदेखी नै जिल्ला तहसम्म अनावश्यक विवाद सिर्जना गरेर प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न नदिएर त्यसलाई फेल गराउने अख्तियार रणनिति गरेको प्रष्ट बुझ्न सकिन्छ । त्यो समुहको प्रतिष्ठान नै चल्न नदिने भनेर धम्किपुर्ण शैलिमा ठाँउठाँउमा अभिब्यक्ति सार्वजनिक गर्न थालेको छ । जसले प्रतिष्ठान ल्याउन हिजो महत्वपुर्ण भुमिका खेलेकाहरुको यस्तो हविगतले उनिहरुको भुमिका कमजोर देखाइदिएको छ ।

प्रतिष्ठान ल्याउन निर्णायक भुमिका खेलेका त्यसमध्येका पात्र हुन पुर्व संविधान सभा सदस्य खनाल । उनले तत्कालिन देउवा सरकारले उपकुलपतिसहीत पदाधिकारी नियुक्त गरेर प्रतिष्ठानलाई प्रभावकारी बनाउन कदम चालेको र त्यसलाई जसरी पनि फेल गराउने रणनितिमा वर्तमान सत्तारुढ दल लागिपरेको बताएका छन् ।

प्रतिष्ठानलाई कामै गर्न नदिएर गलत छ भन्नु त्यो जस्तो गैर जिम्मेवारी काम अरु केही नहुने भन्दै प्रतिष्ठानलाई निर्वाधरुपमा चलाउने कानुनत ब्यवस्था लागु गर्न काग्रेसले जोडदार मागसमेत गरेको खनालको भनाई छ । दङ्गालिको परीश्रम र मेहनतको फल नै प्रतिष्ठान आएको भन्दै यसमा अनावश्यक राजनिति गर्न खोजेको उनको कथन छ ।

‘जनताले बुझीसकेका छन, कसले अवरोध गरीरहेको छ भन्ने कुरा, यसलाई लुकाउनै पर्दैन, हिजो प्रतिष्ठान हामिले ल्यायौ भनेर सस्तो प्रचारवाजि गर्नेहरुको हविगत अहिले प्रष्टरुपमा देखीएको छ–खनालले भने–ऐन अनुसार प्रतिष्ठान चल्नुपर्छ, चलाउनुपर्छ हाम्रो मान्यता यही हो, यसवाट दायावाया गर्नेलाई जनताले छोड्दैनन, वाहीरी एउटा कुरा गर्ने भित्र अर्को काम भइरहेको र प्रतिष्ठानलाई लिङ्गरीङ गरेर असफल पार्ने खेल भएको कुरा जगजाहेर भइसकेको छ, यदि प्रतिष्ठानले काम गर्न नपाएर यस्तै अवस्था रहे यसको प्रमुख जिम्मेवारी यहाँवाट केन्द्रीय प्रतिनिधि सभामुख र मुख्यमन्त्रिले विशेष जिम्मेवारी लिनुपर्छ ।’

प्रतिष्ठानलाई केही ब्यक्तिहरुले आफ्नो पेवा जस्तो ठानेको भन्दै विगतकोे सुविधा नघट्ने गरी प्रतिष्ठानलाई काम गर्न दिनुपर्ने आफ्नो मत रहेको खनालको अभिब्यक्ति दिएका छन् ।

प्रतिष्ठान ल्याउन काग्रेस पनि निकै लागिपरेको स्मरण गराउदै खनालले आफ्नो स्वार्थ पुरा नभएपछि प्रतिष्ठान नै धरापमा पार्नु जनताको अभिमत विरुद्ध हुने चेतावानि दिए । यस्तो स्वार्थ जनताले बुझीसकेको भन्दै वाहीर रजिष्टार वा डाइरेक्टर नपाएपछि प्रतिष्ठान धरापमा पार्ने खेल हुनु अत्यन्तै खेदजनक कार्य भएको खनालको टिप्पणि छ ।

प्रतिष्ठानको ऐन अनुसार नै पुर्ववर्ति सरकारले उपकुलपतिसहीत पदाधिकारी नियुक्त गरेको भन्दै राजनितिक पुर्वाग्रही राखेर प्रतिष्ठान फेल गराउने काम हुन थालेकोप्रति खनालले चिन्ता ब्यक्त गरे

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१