ताजा अपडेट

वडा न १७ को जन्मदर्ता अभियान

          |   95 Views   |   Published Date : 8th April 2018 |

29594454_550202855363617_8298310040519061931_n

दाङ २५ चैत | घोराही उपमहानगरपालिका वडा न १७ ले जन्मदर्ता अभियान शुरु गरेको छ । वडा अध्यक्ष खुसीराम चौधरीको नेतृत्वमा गएको टोलीले आइतवार धैरेखुटी, सिस्ने खोला,डबरी र असारे टोलमा जन्मदर्ताको शिवर गरेको वडा सचिव इश्वराज पाण्डेले वताएका छन् ।

उनका अनुसार अभियानमा ३० जना बालबालिकाको जन्मदर्ता गरिएको छ । अभियान आगामी दिनमा समेत सञ्चालन हुने वडा कार्यालयले जनाएको छ । जन्मदर्ता अभियानले वडालाई बालमैत्री बनाउन र विद्यालय भर्ना अभियानलाई समेत सघाउने छ ।

जन्मदर्ता अभियानको बारेमा वडा सचिव पाण्डेले जानकारी गराएका थिए । अभियानमा वडासदस्यहरु एवि सुनार, रेमन्ता पुन र वडा कार्यालयका कर्मचारीको सहभागिता थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१