पार्टी सभापति देउवा दाङ आउदै , खड्काका छोरा अनुराग लाई राजनीतिमा तान्ने प्रयास ..
शरद रेग्मी दाङ २५ | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुरखड्काको १३ औँ दिनको पुण्यतिथिको कार्यक्रम गृह जिल्ला दाङमा हुने भएको छ। नेपाली कांग्रेस दाङले लमही नगरपालिका वडा नम्बर ८ स्थित खड्काको निवासमाचैत २८ गते शुद्धशान्तिको कार्यक्रम हुने जानकारी दिएको छ। चैत्र २८ गते १३ औँ दिनको पुण्यतिथि परेको हुँदा शुद्धशान्तिको कार्यक्रम सतवरियास्थित स्वर्गीय नेता खड्काको निवासमा आयोजना गर्न लागिएको कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए। उक्त दिन सतवरियामा हुने अन्तिम दिनको शुद्धशान्तिको कार्यक्रममा कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, शंकर भण्डारी, रमेश जंग रायमाझी, पुष्पा भुषाल, इन्द्रबहादुर बानियाँ लगायतका आउने टुंगो लागेको दाङका पार्टी सभापति खड्काले जानकारी दिए। १३औँ दिनको पुण्यतिथिमा देशका विभिन्न जिल्लाबाट शुभचिन्तक तथा नेता कार्यकर्ता आउने जानकारी आफूलाई दिएको सभापति खड्काले बताए। १३ औँ दिनका दिन स्व.खड्काका एक मात्र छोरा अनुराग खड्का सतवरियाको पुर्खेली घर सतवरिया आउने जानकारी दिइएको छ। अनुरागले २९ गते नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ता भातृ संगठनका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए। २४ वर्षीय अनुराग खड्का हाल स्कटल्याण्डमा एमएमको अन्तिम पढाई गर्दै छन्। पार्टी सभापति देउवा, महामन्त्री कोइराला, अनुराग खड्का उक्त दिन एउटै प्लेनमासँगै बाँके आउने छन् … Continue reading पार्टी सभापति देउवा दाङ आउदै , खड्काका छोरा अनुराग लाई राजनीतिमा तान्ने प्रयास ..
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed