ताजा अपडेट

वर्षाका कारण फाईनल खेल स्थगित प्रथम मेयर कप टि (२०) क्रिकेट प्रतियोगिताको फाईनल सोमवार हुने

          |   142 Views   |   Published Date : 8th April 2018 |

 

a

शिवु खनाल देउखुरी, चैत्र | लमहीमा आज हुने भनिएको मेयर कपको फाईनल खेल स्थगित भएको छ । आज विहान भएको वर्षाको कारण आज हुने भनिएको फाईनल खेल स्थगित गरिएको देउखुरी क्रिक्रेट कल्वका अध्यक्ष शोभाराम पौडेलले जानकारी दिनु भयो ।

लमहिमा संचालन भैरहेको प्रथम मेयर कप टि (२०) क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको फाइनल खेल दाङमा परेको ठुलो वर्षाका कारण गर्दा २ दिन सरेको छ । अशोक रोकाको संयोजकत्वमा रहेको दाङ क्रिक्रेट संघको प्रबिधिक कमिटीले मैदनको अनुगमन गरि फाइनल खेल सोमबार दिउँसो १ बजे देखि गर्ने निर्णय गरेको देउखुरी क्रिक्रेट कल्वका खेल संयोजक उत्तम विष्टले जानकारी दिनु भयो ।

कल्ब हरुले रिपोर्टिङ १२.३० मा गर्नु पर्ने छ । प्रथम मेयर कप टि(२०) प्रतियोगिताको फाइनलमा सोमवार देउखुरी क्रिक्रेट कल्ब र युएनबिसि क्रिक्रेट कल्ब घोराही उपाधिको लागि भिडने छन् ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१