ताजा अपडेट

नयाँ बर्षको उप्लक्षयमा दाङमा चर्चित ब्याण्ड १९७४ एडी

          |   678 Views   |   Published Date : 8th April 2018 |

erytetrrtytyh २५ चैत, दाङ|  नयाँ वर्ष २०७५ लाई लक्षित गरी इभेन्ट म्यानेजमेन्टमा क्रियाशिल प्यासन नेपाल प्रालिले आगामि चैत ३० गते नेपालगन्जको होटल सोल्टीमा ‘न्यू ईयर ईभ’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।


आयोजकका तर्फबाट नेपालगन्जमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिदै चैत्र ३० गते साँझ ५ बजे पछि होटल सोल्टीको प्राङ्गणमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने प्यासन नेपालले जनाएको छ ।


प्यासन नेपालका फाउण्डर भिजन घिमिरेले सो कार्यक्रममा चर्चित ब्याण्ड १९७४ एडी, पप गायक नबीन के।भट्टराई, सन्जिब सिंह लगायत स्थानीय कलाकारहरुले समेत प्रस्तुति रहने बताए ।
यसैगरी सोही किसिमको कार्यक्रम बैशाख १ गते दाङ्गको म्याङो गार्डन होटल समेत आयोजना गरिने आयोजकले जनाएको छ । दाङ्गमा हुने कार्यक्रममा १९७४ एडी ब्याण्ड, कालीप्रसाद बसकोटा, सन्जिब सिंह लगायत स्थानीय कलाकारले प्रश्तुती दिने छन् ।
सो अवसरमा आयोजकले नेपालगन्ज र दाङ्गमा आयोजना हुने कार्यक्रमका लागि करिव २३ लाख १० हजार रुपैयाँ खर्च लाग्ने जनाएको छ । प्यासन नेपालद्वारा आयोजना गरिएको कार्यक्रमबाट आर्जन भएको ५ प्रतिशत राप्ती टुरिज्म इनफरमेसन सेण्टरलाई दिने जनाएको छ ।
सो न्यू इअर इभ कार्यक्रममा प्रबेश शुल्क भने आयोजकले २ किसिमले ब्यबस्था गरेको छ । कार्यक्रममा प्रबेश गर्ने एकल ब्यक्तिका लागी २५ सय रुपैयाँ र जोडीका लागि भने ४ हजार रुपैयाँ बराबरको टिकट निर्धारण गरिएको आयोजकले जनाएको छ ।

२०७४ सालमा स्थापना भएको प्यासन नेपाल यसपाली गर्ने कार्यक्रम पहिलो रहेको बताइएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१