ताजा अपडेट

धर्मगुरु माथि गोली प्रहारको आशंकामा दुई पक्राउ

          |   179 Views   |   Published Date : 8th April 2018 |

nibas_acharya1

विराटनगर । प्रहरीले बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा आइतवार दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुई जनासँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए । आचार्यमाथि गोली प्रहार भएलगत्तै मोरङमा प्रहरीले खोज अभियानलाई तीव्रता दिएको थियो ।

विराटनगर–१४ स्थित जतुवामा गएराति १:४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेको उनको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनि खतरामुक्त रहेको बताइएको छ । घटनास्थलमा मङ्गोल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

सुनसरीको चकरघट्टीस्थित लक्ष्मी बैंकटेश मन्दिरका ५० वर्षीय आचार्य आजदेखि विराटनगर–१४ स्थित रामजानकी मन्दिरमा श्रीमद्भागवत पुराण वाचनका लागि आएका थिए |

आचार्यको स्वास्थ्य अवस्था बुझ्न १ नं प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रमुख न्यूरो अस्पताल पुगेका थिए । रासस

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१