प्रहरी र चन्द माओवादीका कार्यकर्ताबीच झडप, २० जना समातिए
कैलाली, चैत २४ । कैलालीको धनगढीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच शनिबार दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसरमा ‘सरकारविरुद्ध भन्डाफोर तथा प्रतिरोध कार्यक्रम’ गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच धनगढीको ट्राफिक चौराहमा झडप भएको हो । उनीहरुले प्रशासनबाट अनुमतिबिना नै र्याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ । नेकपाले भने जनआन्दोलन दिवस मनाइरहँदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । नेकपाले आफ्ना १५ जना कार्यकर्ताहरु झडपमा परी घाइते भएको दाबी गरेको छ । प्रहरीमाथि नै हातपात गर्न खोजेपछि २० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed