ताजा अपडेट

जेसीजद्धारा भितेपात्रो विमोचन

          |   168 Views   |   Published Date : 7th April 2018 |

jc2

तुलसीपुर, २४ चैत । तुलसीपुर नगरजेसीजले सनिवार एक कार्यक्रमका विच २०७५ सालको नयाँ भितेपात्रो विमोचन गरेको छ । जेसीजद्धारा प्रकाशन गरीएको भितेपात्रोको विमोचन तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले गरेका हुन ।

तुलसीपुर नगरजेसीजका अध्यक्ष दिपेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भितेपात्रो बिमोचन गदै शाहले पछिल्लो समयमा तुलसीपुर नगरजेसीजले सामाजीक रुपमान्तरणमा महत्वपूर्ण भुमिका खेलेको बताए । त्यसैगरी नेतृत्व र व्यक्ति विकाशका लागि जेसीजको अहम भुमिका हुने बताएका थिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य चिन्तामणि आचार्य, उद्योग वाणिज्य संघ तुलसीपुरका उपाध्यक्ष ललितजंग शाह, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, पत्रकार वसन्तविवश आचार्य, पूर्व अध्यक्षहरु झरेन्द्र खरेल, सुर्यप्रसाद शर्मा, विमल पौडेललगायतले बोलेका थिए ।

भितेपात्रो प्रकाशन समितिका संयोजक मोहन स्वर्णकारको स्वागतमन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकर तुलसीपुर नगरजेसीजका सहसचिव वुद्धि सापकोटाले गरेका थिए । भितेपात्रो ६ पेजको रहेको छ

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१