ताजा अपडेट

स्वर्गीय खड्काको सम्झनामा चैत २८ गते सानेपामा रक्तदान हुने

          |   160 Views   |   Published Date : 7th April 2018 |

Khumbahadur-Khadna-Nepali-Congress-Sanepa-810x456

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको १३औँ दिनको पुन्यतिथीका दिन उनका शुभेच्छुक र कांग्रेसका कार्यकर्ताले रक्तदानको कार्यक्रम राखेका छन् ।

नेता खड्कालाई अन्तिम पटक स्मरण गर्न शुभेच्छुकहरूले चैत २८ गते रक्तदान गर्न लागिएको नेपाली कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए । सदस्य महर्जनका अनुसार रक्तदान कार्यक्रममा दुई सयजना जतिको उपस्थिति हुनेछ ।

ललितपुरको सानेपास्थित स्वर्गीय खड्काकै निवासमा बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ । त्यसका लागि धमाधम तयारी भइरहेको महर्जनले बताए ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा नेता खड्काको चैत १६ गते निधन भएको थियो । चैतको १८ गते पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१