ताजा अपडेट

सलमान खान धरौटीमा रिहा

          |   227 Views   |   Published Date : 7th April 2018 |

1523106604salman-khan-final

काठमाडौं, चैत २४ । कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान शनिबार धरौटीमा जेलबाट रिहा भएका छन् ।

उनी ५० हजार भारतीय रुपैयाँ धरौटी तिरेर जेलबाट रिहा भएका हुन् । जेलबाट रिहा भएसँगै सलमान विशेष विमानबाट मुम्बईतर्फ लागेका छन् ।

उनी दुई दिनदेखि जोधपुरस्थित सेन्ट्रल जेलमा थिए । सन् १९९८ मा राजस्थानमा ‘हम साथ साथ हे’ फिल्म सुटिङकाक्रममा जोधपुरमा सलमानको टोलीले संरक्षित जनावर कालो हरिण मारेको अभियोग लगाइएको थियो । सलमानले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

सोही फिल्मको छायांकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्रीहरु सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा लगाइएपनि उनीहरुलाई निर्दोष ठहर गरिएको छ । (एजेन्सी)

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१