ताजा अपडेट

‘पति, पत्नी र उनी’ को रोमाञ्चक र मन छुने कथा हो ‘ब्ल्याकमेल’

          |   89 Views   |   Published Date : 7th April 2018 |

1711829973BlackMail

बलिउड अभिनेता इरफान खानको फिल्म ब्ल्याकमेल अन्ततः रिलीजÞ हुन गइरहेको छ । कथाको विषय बस्तु, ट्रेलर र पोस्टरका कारण फिल्म चर्चामा छ । अभिनेता इरफान र निर्देशक अभिनव देवका कारण यो फिल्मबाट दर्शकहरुले अनेक आशाहरु गरेका छन् । आउनुहोस् फिल्म ती अपेक्षाहरु कत्तिको पुरा गर्न सक्छ त ?

कथा

‘क्वीन’ र ‘बजरंगी भाईजान’ का लेखक परवेज शेखले फिल्म ‘ब्ल्याकमेल’ को कथा लेखेका हुन् । जुन प्रशंशायोग्य छ । मुम्बईका देव (इरपÞmान खान) ट्वाईलेट पेपर कम्पनीमा कार्यरत छन् । देव मध्यम वर्गीय साधारण पति मध्येका एक हुन् । एक दिन देवले आप्mनी पत्नी रीना (कीर्ति कुल्हारी) को रञ्जित अरोड़ा (अरुणोदय सिंह) का साथ ‘एक्स्ट्रा मेरिटल अफेयर’ रहेको सुइको पाउँछन् ।

पत्नीलाई सबक सिकाउन देवले आफ्नो परिवारमाथि माथि आइ परेको आर्थिक संकटबाट उन्मुक्ति पाउन उनले रञ्जितलाई ब्ल्याकमेल गर्ने योजना बनाउँछन् । बदलाको यो कथामां सिलसिलेवार ढंगबाट अनेक पात्र जोडिन्छन् रं अनेक मोडहरु आउँछन् । जसका कारण फिल्मको कथा झनै रोमाञ्चक, मन छुने र मनोरञ्जनात्मक बन्न पुग्छ ।

अभिनय

इरफान खानको अभिनय प्रशंसायोग्य छ । यो भूमिकालाई इरपÞmानभन्दा उत्कृष्ट अन्य कलाकारले गर्नै सक्दैनन् । कीर्ति कुल्हारी सुन्दर देखिन्छिन् र उनले अभिनय पनि राम्रो गरेकी छिन् । अरुणोदय सिंहले पनि आफ्नो जिÞम्मेवारी सुन्दर ढंगबाट निभाएका छन् । दिव्या दत्ता, ओमी वैद्यका साथै अन्य कलाकारहरु पनि आफ्नो अभिनयको छाप छोड्न सफल देखिन्छन् ।

निर्देशन र छायांकन

‘डेली बेली’ फिल्मका निर्देशक अभिनव देवले फिल्म ‘ब्ल्याकमेल’ को निर्देशन गरेका छन् । उनले फिल्मको कथालाई अन्यन्तै रोमाञ्चक बनाएर प्रस्तुत गरेका छन् ।

निर्देशक अभिनव निर्देशन क्षमताका लागि दरिलो रुपमा प्रस्तुत भएका छन् । जय ओझाले फिल्मको छायांकन राम्रोसँग गरेका छन् ।

संगीत

मिकी मकलैरी र पार्थ पारेखले फिल्ममा संगीत दिएका छन् । फिल्ममा धेरै गीत छैनन् । तर संगीत दर्शकलाई लोभ्याउन सफल देखिन्छ । विशेष गरी फिल्मको ब्याकग्राउण्ड संगीत उत्कृष्ट रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१