ताजा अपडेट

दांगमा आज देखी फुटबल प्रतियोगिता

          |   98 Views   |   Published Date : 7th April 2018 |

30223909_879007038951035_528203949_o

 दीपक जी.एम. दांग,चैत  २४ । दांगमा आजदेखी १८ वर्ष मुनिका पुरुष फुटबल प्रतियोगिता हुन लागेको छ ।यूएनबिसीको आयोजनामा जिल्लाको घोराहीमा आजदेखि फुटबल प्रतियोगिता हुन लागेको हो ।

जिल्लाका विभिन्न दस ओटा क्लबको सहभागिता रहेको प्रतियोगिता घोराहीको भरतपुर खेल मैदानमा हुने आयोजकले जनाएको छ ।आयोजक यूएनबिसीले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितको बारेमा जानकारी गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका महासचिव नरेन्द्र पुनले जिल्लाको खेल क्षेत्रको विकासका लागी प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुभयो । उहांका अनुसार खेल चैत २४ गते देखि ३० गते सम्म हुने प्रतियोगितको प्रथम हुने टिमलाई नगद २० हजार र मेडल,ट्रफी ,प्रमाण पत्र र द्दितिय हुने टिमलाई नगद ८ हजार ,मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

आज दिउँस ३ बजे खेलको उदघाटन कार्यक्रम रहेको आयोजकले बताएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१