ताजा अपडेट

त्यो दिनको घटनापछि रित्तिएको कोठा आजसम्म पनि रित्तै छ । कोठामा बस्न कोही मान्दैनन् । राति राति रमाइलो हल्ला सुनिन्छ !’

          |   185 Views   |   Published Date : 7th April 2018 |

डि.भी.(कथा) दीपक जीएम ‘आर्जव’

1222fd20491493c9f989f81d6083f09b-creepy-drawings-ghost-drawing-scary1

        तीन जना साथीहरु थिए,अतिनै  मिल्ने उनीहरू एक आपसमा र एक अर्का विना सायद् नै उनीहरू आफूमा अधुरो ठान्दथे | एकछिन पनि उनीहरू छुटिदैनथे..बामे, घले अनि गोर्खे अति नै मिजासिला थिए र गाउँको हरियाली छोडेर उनीहरू सहर पुगेका थिए विदेसिनका लागि, बमे र घले कोठा लिएर बसेका थिए भने गोर्खे आफ्नो काकाकाकीको घर बसेको थियो ।


केही समय उनीहरू सहरको रौनकतामा हराए र म्यानपावरको खोजीमा हिडे । दिन बित्दै गए । तर, उनीहरूको विदेश जाने सपना पुरा भएन । उनीहरु निरास भएर आफ्नो भाग्यलाई धिक्कार्न थाले । त्यसैबेला अमेरिका जानका लागि डिभी खुलेको थाहा पाए । चारैतिर डिभीको मात्रै चर्चा चलिरहेको बेला उनीहरूलाई पनि डिभी भर्न मन लग्यो र डिभी भर्न पुगे । डिभी परे त अमेरिका जान पाइन्थ्यो यार । सबै समस्याहरुको समाधन हुने थियो भनेर बमेले घलेलाई कोट्यायो ।


समय बित्दै जाँदा डिभीको परिणाम पनि प्रकासित भयो । टिभी हेरिरहेको घले एक्कासी डिभीको रिजल्टले झस्कियो । उसले हतार हतार रिजल्ट हेर्न थाल्यो । तर, आफ्नो नाम न निस्केकाले ऊ निरास भयो । उसले गोर्खे अनि बमेको के भएछ भनेर हेर्दा बमेलाई भने डिभी परको थाहा पायो ।
उत्साहित भएर उसले बमेलाई उठायो । सुरुमा बमेले घलेको कुरा बिश्वास मानेन । अन्त्यमा उसले घलेको कुरा पत्यायो र खुसीले नाँच्न थाल्यो । हतार–हतार गाउँमा बुबाआमालाई सुखद् समाचार सुनायो ।
केही समयपछि गोर्खे पनि त्यहाँ आइपुग्यो र बधाई दिँदै बमेलाई अँगालो हाल्यो । बमेको खुसीको सीमा नै रहेन ।
अब बाआमाको सपना पुरा गर्छु म र साथै मेरी प्यारी बहिनीको बिहे पनि भन्दै बमे रुन थाल्यो । अब गर्ने दिन आए केटा तेरो किन रून्छस् भन्दै बमेलाई सम्झाउन थाल्छन् र कहिले न चढेको प्लेनमा अब उड्ने भयो । बमे त सरररर, हाहाहा भनेर जिस्काउन थाल्छन् ।

यस्तैमा बमेको जाने दिन पनि आउँछ र ऊ जाने खुसीमा दिउँसैबाट रक्सीको मातमा उनीहरू रमाउन थाल्छन् र ‘लौ केटा हो तिमीहरू ले मेरा लागि धेरै ग¥यौ । जीवनमा तिमीहरूको साथ मेरा लागि अमृत समान हो सायद् यो जुनीमा मैले तिमीहरुको ऋण चुक्ता गर्न सक्दिनँ होला । तर, तिमीहरूलाई साथ भने सधैँ दिई राख्नेछु भन्दै बमेले आँखाभरि आँसु ल्याउँछ ।

उसको करुणामय सुस्केराबाट निस्केका शब्दहरुले गोर्खे र घलेलाई पनि रुन बाध्य गरायो र सहन नसकी अँगालो हाले एर्कालाई । समान सबै प्याकिँग गरेर बमे पनि साथीहरुसँग रक्सी खाँदै बस्छ ।
घडी हेर्दै बमे आत्तिदै गोर्खेतिर हेर्दै आफूलाई ढिला भएको र बाइकमा एयरपोर्टसम्म पु¥याउन अनुरोध गर्दछ । उसको कुरा सुनेर ग्लासको रक्सी स्वाट्ट तान्दै गोर्खेले बमेलाई लिएर एयरपोर्टतर्फ लाग्छ । घले भने चुस्की लगाउँदै टिभी हेर्न थाल्छ ।
केही समयपछि कोठामा आइपुगेको गोर्खेलाई घलेले भन्छ, ‘बमे लाई पु¥याइस् त ?’ उसको जवाफमा गोर्खेले बमेलाई उडाएर आएको जवाफ दिन्छ । र थप्छ, ‘झण्डै ढिला भाको, सायद अहिले त उडेर पनि आकाशमा हावासँग कुरा गर्दै होला यार’, यति भन्दै ऊ खितितिति हाँस्छ ।
‘अब म पनि जान्छु ढिला पनि भयो भोलि बरु बिहानै आउँछु यार’, भन्दै गोर्खे उठ्छ । बस् न बस् हल्का लगाएर जा न भन्दै घलेले रक्सी को ग्लास गोर्खेलाई दिन्छ ।
ग्लासमा रहेको रक्सी तिनिक्क पार्दै ल ल गएँ म उता काका काकी रिसाउनुहुन्छ भन्दै गोर्खे हेलमेट लिँदै निस्किन्छ ।
घले पनि सुत्ने भनेर बेडमा पल्टिन्छ र क्षणभरमै घुर्न थाल्छ । केही समय पश्चात कसैले धोका ढक्ढक्याएको आवाजले घले ब्यँुझिन्छ । ‘यति राती को हो’ भनेर कराउँछ ।
बाहिरबाट ‘म बमे । ढोका खोल न यार कति छिटो सुतेको तँ.. !’ ढोका खोल्दै के भयो र एक्कासी फर्किस् त अमेरिका गएको मान्छे भन्दै घले ले सोध्दा खोई प्लेनमा एकजना मान्छेलाई हृदयघात भएछ त्यसैले आजको उडान रद्ध भयो यार अनि म फर्केको हँु भन्दै बमेले व्याग ढोका पछाडि राख्छ । धेरै मातेर होला घलेले ल ल म सुत्छु तँ पनि सुत भन्छ र बेडमा पल्टिन्छ ।
हुन्छ भन्दै बमेले टेबलमा रहेको ग्लासतिर हेर्छ । ए मेरो रक्सी त अझै यही नै रहेछ म त पिउँछु भन्दै रक्सी पिउन थाल्छ ।
भोलिपल्ट घले ब्युझिन्छ । बमेलाई न देखेपछि कहाँ गएछ कतै दूध लिन त गएन भन्दै बर्बराउँछ । निकै बेरसम्म बमेलाई नदेखेपछि घले उठ्दै बाथरुम अनि भान्सातिर हेर्न जान्छ । तर, अझैं ऊ आइपुग्दैन ।
बमेको पर्खाइमा बसिरहेको घले फोनको घण्टीले झसङ्ग हुन्छ । फोन उठाउँछ । फोनमा गोर्खे आत्तिएको हुन्छ ।
‘हेलो कहाँ छस् केही थाहा पाइस् कि नाई’, आत्तिदै गोर्खेले सोध्छ । जवाफमा आफू कोठामै भएको जानकारी दिँदै घलेले बोल्न थाल्छ, ‘म कोठा मै छु के थाहा पाउनु र के भयो किन तेरो आवाज आत्तिएको जस्तो भन त..?’
‘हिजो बमे चढेको प्लेन त दुर्घटना भएछ नि अनि कोही पनि बाँचेनन् रे.. न पत्याएँ हेर त समाचार टिभीमा ।’ वाक्य पुरन हुन नपाउँदै ‘तँ के नचाहिने कुरा गर्छस् हिजो राती त बमे फर्केर कोठामै आएको थियो अनि यही सुतेको हो मसँगै । ल एकछिन पख त’, यति भन्दै घलेले फोन राख्छ अनि ढोका पछाडि हेर्छ । तर, त्यहाँ व्याग देख्दैन । अनि टेवलमा राखेको ग्लास पनि रितो हुन्छ.. ।

मनमनै हिजो त रक्सी थियो ग्लासमा..म खान्छु हई भन्दै बमेले रक्सी पनि पिएको थियो र पत्यार न लागेको हुनाले हत्त न पत्त टिभी खोल्छ अनि समाचार हेर्न थाल्छ । समाचार हेर्दा ऊ छांगाबाट खसेझंै हुन्छ । फोनमा गोर्खेले भनेको कुराहरु सबै साँचो सावित भएका थिए ।
समाचार हेर्दै गरेको घलेका हातखुट्टा काम्न थाल्छन् । मुटुको चाल बढ्दै जान्छ । हिजो रातीका हरेक दृश्यहरु सम्झिदै जान्छ । मस्तिष्कको क्यानभासभित्र एकएक गरी आइरहेका दृश्यसँगै उसमा डर उत्पन्न हुँदै जान्छ । उसले केही सोच्न सकिरहेको हँुदैन ।
त्यसैबेला उसलाई गोर्खेको सम्झना आउँछ र हतार हतार गोर्खे लाई फोन गर्छ । उताबाट गोर्खेले हेलो मात्र भनेको हुन्छ घलेले सब कुरा हरु भन्दै जान्छ । अनि गोर्खे पनि अचम्म मान्दै ल ल म आउँछु अनि भेटेर कुरा गरांैला भन्दै फोन राख्छ ।
गोर्खे बाइक लिएर घलेको कोठातिर निस्किन्छ । उता घले आत्तिरहेको हुन्छ । कति ढिला गरेको होला यो गोर्खे आइपुग्न पनि भनेर सोचिरहेको हुन्छ । त्यतिकैमा गोर्खेलाई ढोकामा देख्छ । हिलैहिलोमा लतपतिएको गोर्खेलाई देखेर घलेले सोध्छ, ‘के भयो ? किन यस्तो हालतमा ?’
जवाफमा गोर्खे बोल्छ, ‘बाइकबाट लडेँ यार ।’ यति भन्दै ऊ बाथरुम छिर्छ ।
एकाएक बजेको फोन उठाएको घलेले गोर्खेको काकी राएरहेको सुन्छ । उनले बाबुबाबु भन्दा अरु भन्न सकिरहेकी हुँदैनिन् । उनलाई रोक्दै घलेले काकी रुनुुको कारण सोध्छ, ‘के भयो काकी किन रुनुभएको ? भन्नुस् न ।’
जवावमा काकी बोल्दै जान्छिन्, ‘गोर्खे तिम्रो कोठामा जान्छु भनेर हिडेको थियो । बाटोमा ट्रकसँग उसको बाइक जुध्यो र गोर्खेलाई हस्पिटल लग्दैगर्दा बाटोमै उसको मृत्यु भयो बाबु !’, यति भनिनसक्दै उनको रुवाई बढ्दै गयो ।
यो सब सुनिरहेको घलेको मनमा डरत्रास उत्पन्न हुँदै जान्छ । हिजो रातिको घटना अहिले केहीबेरको घटना सब सम्झिएर उसले केही सोच्नै सकिरहेको हुँदैन । हातखुट्टा चिसा हँुदै गएको घलेले बाथरुमतिर चियाउन थाल्छ । त्यहाँ कोही पनि देख्दैन । तर, हिलोको फोहोर पानी भने बगिरहेको हुन्छ ।
डर, त्रासको बीचबाट गुज्रिरहेको घले बाथरुम नेरबाट सुत्ने कोठामा छिरेको मात्र के हुन्छ त्यहाँ बमे र गोर्खे तास खेल्दै गरेको देख्छ । उताबाट उसलाई तास खेल्न बोलाइरहेका हुन्छन् । ‘ओई घले आइज न कता हराको यार ?’
केही समयपछि घरबेटीले प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्छन् अनि त्यो कोठामा छानबिन गर्न थाल्छन् । कोठाबाट लास निकालिन्छ । वरिपरि मानिसहरुको भीड जम्मा हुन्छ । भीड माझबाट कसैले के भएको रहेछ अनिको केटा हो भनि प्रशन गर्छन् ।
भिडबाट जवाफ आउँछ । प्रहरी जवान बोलिरहेका हुन्छन्, ‘हृदयघात भएर कोही मरेको रहेछ । केही वर्षदेखि यही घरमा बस्ने घले नाम गरेको युवक आज बिहान हृदयघात भएर मरेछ ।’
घटना घटेको वर्षांै भइसक्यो । साता अघि उतै घुम्दै गर्दा उही घर अघिल्तिर टहलिएको मलाई प्रष्ट्याउँदै एक बृद्ध बोलेथे, ‘त्यो दिनको घटनापछि रित्तिएको कोठा आजसम्म पनि रित्तै छ । कोठामा बस्न कोही मान्दैनन् । राति राति रमाइलो हल्ला सुनिन्छ !’

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१